Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीआजै बेलडाँडीका सबै वडामा लगत संकल उदघाटन गरिने

आजै बेलडाँडीका सबै वडामा लगत संकल उदघाटन गरिने

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा आजै देखि लगत संकलन गर्नका लागि उदघाटन गरिने भएको छ ।
बषौं देखि नागरिक जमिनको मालिक बन्न नसकेकाले अज नागरिकलाई जमिनको मालिक बनाउनका लागि बेलडाँडीका सबै वडामा आज एकै दिन लगत संकल उदघाटन गरिने बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो । वहाँका अनुसार उदघाटन कार्यक्रम वडा नं. १ देखि शुरु भई वडा न. २ मा समापन हुने जनाउनु भयो । उदघाटन वडा नं.१,३,४,५ र २ मा आजै हुने जनाइएको छ ।

वहाँका अनुसार जनतालाई गरेका बाचा पुरा हुन लागेको बताए । कम्युनिष्ट सरकारले केहि गर्न सक्दैन भन्ने विपक्षीले आरोप लगाइ राखेकै बेला सरकारले सबैलाई जमिनको मालिक बनाएरै छोड्ने तयारी थालेको छ । जनताको पक्षमा काम गर्ने सरकारलाई आम बेलडाँडी बासीले धन्यवाद दिदै यी बाचा पुरा गर्न माग समेत गरेका छन् ।
यो पनि पढ्नुस….
बेलडाँडीमा आज देखि लगत संकलन गरिने

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले सुकुम्बासी, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नको लागि आज मंगलवार देखि लगत संकलन गर्न लागेको छ ।

लगत संकलन कर्ताहरुलाई अभिमुखिकरण गराउनुका साथै आम नागरिकलाई समेत टोलटोलमा गएर यसबारेमा जानकारी गराउने तयारी गाउँपालिकाको रहेको छ । बर्षौं देखि सुकुम्बासी समस्या समाधान हुन सकेको थिएन । अहिलेको सरकारले यो समस्या देशको पहिलो समस्या भएको भन्दै यसलाई पहिलो प्राथामित्ता दिएको हो ।

बेलडाँडी क्षेत्रको समस्या समाधान गर्नका लागि विभिन्न सहजिकरण समिति बनिसकेका छन् । बेलडाँडी गाउँपालिकाले आइतवार लगत संकल सूचना निकाले पनि मंगलवार देखि प्रत्येक वडामा लागत संकलन गरिने भन्दै प्राविधिक टोली खटाउने अन्तिम तयारी पुरा भएको जनाएको । बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टका अनुसार आइतवार सूचना प्रकाशित गर्दैं लगत संकलन गर्न टोलटोलमा टोली खटाउने गरि वडालाई निर्देशन दिएको बताए । वहाँका अनुसार बेलडाँडी वडा नं.१ मा ३ जना, वडा नं.२ मा ४ जना, वडा नं.३ मा ३ जना, वडा नं.४ मा २ जना र वडा नं.५ मा ३ जना गरि लगत संकल गर्न सूचना निकालेको मिति देखि लागु हुने गरे पनि हिजो सोमवार गाउँसभा भएकाले आज देखि काम शुरु हुने भएको छ ।

यस्तै बेलडाँडी गाउँपालिका वडा नं. १ का वडा सदस्य शंकर भट्टका अनुसार यस सरकारले सुकुम्बासी समस्या समाधान गर्न निर्देशन गरिसकेकाले कुनै पनि हालतमा यो काम नरोकिने बताए । बर्षौ देखि जनता भूमिको मालिक बन्न नसकेकाले यो सरकारले सबैलाई मालिक बनाउनेमा आफु विश्वस्थ रहेको बताए । सरकारले निम्न वर्गहरुका नागरिकहरुलाई लोड नपर्ने गरी कार्यविधि बनाएको बताउदै बेलडाँडी बासीहरुलाई जमिनको मालिक बनाउने चुनावमा गरेका बाचा पुरा हुनेमा आफुहरु खुसी भएको बताए । वहाँका अनुसार ठुलो तत्वहरु यसलाई विफल पार्न लागिपरेको बताउदै सबै जनताले चनाखो हुनुपर्नेमा जोड दिए ।
बेलडाँडी क्षेत्रमा न्युनतम कट्टाको ८ हजार, देखि अधिक्तम २० हजार सम्म हुन सक्ने अनुमान गरिएको बताए ।
अव्यवस्थित बसोबासीको लगत संकलन गर्दा मोटामोटी आवश्यक पर्ने प्रमाण तथा कागजातहरु यस प्रकार रहेका छन् ।
१) घरमुली तथा परिवारका अन्य सदस्यहरुको नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी
२) घरमुली वा निजको पति वा पत्नीको पासपोर्ट साइजको रंगिन फोटो
३) आवाद कमोद गरिएको ऐलानी जग्गा वा त्यसमा निर्माण भएको घर भए सो समेत देखिने गरि निबेदक सहित खिचिएको रङ्गिन फोटो
४) यस अघि ऐलानी ऐलानी जग्गा नाप जाँच भैसकेको भए त्यसको निस्साको प्रतिलिपी
५) जग्गाको उपभोगको प्रमाण सम्बन्धि कागजातको प्रतिलिपी, उपलब्ध अन्य प्रमाण
६) परिवार का नाममा देशको जुनसुकै भु भागमा आफ्नो वा आफ्नो परिवारको सदस्य को नाममा भएको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी एबम स्थानीय तहबाट जग्गा मुल्यांकन सम्बन्धिको पत्र
घरमुली भन्नाले जसको नाममा जग्गा दर्ता गर्नुपर्ने हो उसलाइ बुझ्नुपर्छ ।

दलित भुमिहिनरभुमिहिन सुकुम्बासीको लगत संकलन गर्दा आवश्यक पर्ने कागजात हरुः
१) घरमुली तथा परिवारका अन्य सदस्यहरुको नागरिकता वा जन्मदर्ता को प्रमाणपत्र को प्रतिलिपी
२) घरमुली वा निजको पति वा पत्नीको पासपोर्ट साइजको रंगिन फोटो
३) आवाद कमोद गरिएको ऐलानी जग्गा वा त्यसमा निर्माण भएको घर भए सो समेत देखिने गरि निबेदक सहित खिचिएको रङ्गिन फोटो
४) यस अघि ऐलानी ऐलानी जग्गा नाप जाँच भैसकेको भए त्यसको निस्साको प्रतिलिपी
५) जग्गाको उपभोगको प्रमाण सम्बन्धि कागजातको प्रतिलिपी, उपलब्ध अन्य प्रमाण
घरमुली भन्नाले जसको नाममा भुमिहिन सुकुम्बासी कागजात बनाउनुपर्ने हो त्यसलाइ सम्झनु पर्दछ ।

ताजा समाचार