Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाद्वारा श्रम ऐन अनुरुप पारिश्रमिकको माग

बेलडाँडीका विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाद्वारा श्रम ऐन अनुरुप पारिश्रमिकको माग

विकास सिह महता

कञ्चनपुरको बेलडाँडी गाँउपालिका क्षेत्रका सामुदायिक विद्यालयका कार्यरत सहयोगी, कर्मचारी र बाल विकासका शिक्षिकाले श्रमऐन अनुरुप पारिश्रमिकको माग अघि सारेका छन । सरकारी विद्यालयका कार्यरत हुँदा पनि श्रम ऐन अनुरुप पारिश्रमिक उपलब्ध नहुँदा आफुहरुको दैनिकी दयनिय भएको भन्दै पारिश्रमिक बृद्धिको माग अघि सारेका हुन ।
आइतबार वाल विकास शिक्षक, तथा विद्यालय कर्मचारी संयुक्त संघर्ष समितिले गाँउपालिकालाई ज्ञापन पत्र बुझाँउदै न्यून पारिश्रमिकमा ध्यान दिदै क्रमिक बृद्धिको माग अघि सारेका छन । सामुदायिक विद्यालयको बृद्धि विकास र गुणस्तर सुधारका लागि आफुहरुको समेत भूमिका काम त्यही तर, श्रम अनुरुप ज्याला नभएको दुखेसो पोख्दै पारिश्रमिक बृद्धिको माग अघि सारेका हुन ।
सरकारले नै तोकेको न्यूनतम पारिश्रमिक भन्दा अति नै न्यूनतम पारिश्रमिकमा काम गरिरहेको भन्दै उनीहरुले पीडा बुझिदिन स्थानीय सरकारसंग अनुरोध गरेका छन । बढ्दो महङीलाई पनि मध्य नजर गर्दै अन्य स्थानीय सरकारले समेत बाल विकास र विद्यालय कर्मचारीलाई प्रोत्साहनका रुपमा पारिश्रमिक बृद्धि गरेकोले आफ्नो पालिकाबाट समेत क्रमिक निरन्तरतामा जोृडदिएका छन । देशमा कम्यूनिष्ट नेतृत्वको सरकार हुँदा समेत सरकारी संस्थामा कार्यरत कर्मचारी वाल विकास शिक्षकको पारिश्रमिक दयनिय भएको उनीहरुको दुखेसो छ । ज्ञापन पत्र बुझ्दै बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले सामुदायिक विद्यालयका कार्यरत बालविकासका शिक्षक कर्मचारीको पारिश्रमिक बारे पालिकाले पहल गर्ने आवश्वासन दिए । विभिन्न शिक्षक सघ संगठनले सामुदायिक विद्यालयका कार्यरत बालविकासका शिक्षक कर्मचारीको पारिश्रमिक बारे पटक पटक आवाज उठाँउदा समेत समस्या जस्ताको तेस्तै छ । 

ताजा समाचार