Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीदैजी बेलडाँडी सडक खण्डमा बाघ देखा पर्दै, स्थानिय त्रसित

दैजी बेलडाँडी सडक खण्डमा बाघ देखा पर्दै, स्थानिय त्रसित

बेलडाँडी,
हुलाकी सडक अन्तरगत शुक्लाफाटा निकुञ्जको दैजी बेलडाँडी सडक खण्डमा दिनदहाडै बाघ देखा पर्न थाले पछि आवत जावत गर्ने स्थानिय त्रसित बनेका छन् ।
केहि दिन पहिले देखि यो सडकमा चितुवा बाघ लगातार देखिन थालेको सो सडकमा यात्रा गर्ने यात्रुको भनाइ छ । शनिवार सो सडक क्षेत्रको नहर पारिपट्टी बाघ मजाले सुतेको दृश्य स्थानिय युवा यज्ञ भट्टले देखेर सामाजिक संजाल मार्फत सर्तकताका साथ यात्र गर्न सबैमा सुझाव सन्देश दिएका छन् ।

केहि दिन पहिला देखि यस सडकमा बाघ देखिन थालेकाले यस सडकमा यात्रा गर्नेहरुले सर्तकताका साथ यात्रा गर्नु होला भन्दै बन रक्षाको रुपमा खटिएका नेपाली सेनाले सन्देश दिदै गरेका छन् । केहि दिन पहिला बर्दिया राष्ट्रिय निकुञ्जमा छोरोको मोटर साइकलमा सवार आमालाई बाघले झम्टेर खाएको हुदा स्थानियहरु झन त्रसित बनेका हुन् ।

ताजा समाचार