Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीआरक्ष किनार बस्तीमा गैंडाका आतंक, किसानको बालिनाली नाश हुदा सम्म सरोकार वाला...

आरक्ष किनार बस्तीमा गैंडाका आतंक, किसानको बालिनाली नाश हुदा सम्म सरोकार वाला मुकदर्शक

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ क्याम्प,गौंडी टोलमा गैंडाले आतंक मचाउदा समेत सम्वन्धि निकाय मुकदर्शक भएको छ ।

राष्ट्रिय निकुञ्ज कार्यालय बेलडाँडी रेञ्जर पोष्ट देखि ५० मिटरको दुरीमा रहेको क्याम्प, गौडी बस्तीमा दैनिक जंगली जनावर गैंडा बस्ती पसेर बर्ष भरी किसानले मेहन गरी लगाएको खेतिबाली खाइदिदा समेत संम्वन्धित निकाय मौन बसेको छ । कालिकिच तालको छेउमा गैंडा बस्दै आएको र सो गैडा अन्ध्यारो हुदा साथ बस्ती पस्ने गरेको स्थानियको भनाइ छ ।
आज सनिवार साझ साढे सात बजे गैंडा बस्ती पसेर गहुँ खादै गरेको बेला स्थानीयले हल्ला कुल्ला गरे पछि जंगल भागेको गैंडा आधा घण्टा नवित्दै फेरी गौंडी बस्तीमा पसेको स्थानीयले बताए । स्थानीयका अनुसार, गैंडा,निलगाई, चितल, बदेल, बादर, हात्ती, चराचुरुङ्गी बस्ती पसेर किसानले दुःख गरेर लगाएको खेती सखाप पार्ने गरेको दुःखेसो सुनाए ।

यसरी बन संरक्षकहरुको पोष्टबाट नजिक रहेको बस्तीमा गैंडा गएर बालिनाली खादा समेत बनरक्षकहरु कानमा तेल हालेर सुतेको स्थानीय हरु बताउछन् । स्थानीय बासिन्दाहरुका अनुसार यो किनार क्षेत्रमा सरकारले लाइट, पटाका, तारजाली गरेर आफुर आफ्नो बालिनाली संरक्षण गरिदिने पटक पटक माग गर्दा समेत न त स्थानीय सरकारले नै सुन्यो न त बन कार्यालयले नै सुन्यो हाम्रा दुःख कसले सुन्ने भन्नेमा किसान चिन्तित बनेका छन् ।

ताजा समाचार