Tuesday, August 16, 2022
गृहपृष्ठआर्थिकभीमदत्त नगरको शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपाल चल्ला, अण्डादेखि लोकल कुखुरा उत्पादन गर्दै

भीमदत्त नगरको शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपाल चल्ला, अण्डादेखि लोकल कुखुरा उत्पादन गर्दै

कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक ह्याचरी उद्योग संचालनमा आएको छ । भीमदत्त नगरपालिका १५ गोबरैयामा आधुनिक ह्याचरी उद्योग संचालनमा आएको हो । यस अघि कञ्चनपुरमा ह्याचरी उद्योग नहुँदा यहाँका कुखुरा पालक किसान व्यवसायीले चितवन लगायतका अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थियो, स्थानीय स्तरमै ह्याचरी उद्योगबाट कुखुराका चल्ला उत्पादन भएपछि कुखुरा पालक किसानलाई सुविधा भएको छ ।

शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका प्रबन्ध निर्देशन कृष्ण विष्टले दुई बर्ष अघि स्थापना भएको फर्मले अब कुखुराका चल्ला उत्पादनका लागि मेसिन समेत ल्याएको बताए । उनका अनुसार १२ हजार क्षमता भएको मेसिनमा ७ हजार ५ सय चल्ला उत्पादन गरिनेछन् । चल्ला उत्पादन गर्ने ईन्कुभेटर मेसिन आईसकेकाले अब मेसिन मार्फत चल्ला उत्पादन गरिने प्रबन्ध निर्देशक विष्टले बताए । ‘एक्काईस दिनमा चल्ला उत्पादन हुन्छन, ‘प्रबन्ध निर्देशक विष्टले भने, ‘पहिलो प्राथमिकता स्थानीय बजारमै खपत गछौँ ।’

उपभोक्ताको माग अनुरुप स्थानीय प्रजातिका नेपाली रैथानी कुखुरा पालिएका छन । दैनिक ६ सयदेखि ८ सय अण्डा उत्पादन हुने बताउदै उनले माग अनुसार आपूर्ति नगर्न नसकिएको बताए । ‘बजारमा यो कुखुराको धेरै माग छ, ‘उनले भने, ‘हामीले माग अनुरुप दिनै सकेका छैनौँ ।’ डेढ विवाह क्षेत्रफल ओगेटेको फर्ममा पालिएका कुखुरा पोषणयुक्त र शुद्ध लोकल छन । भाले कुखुरा मात्रै बिक्री गर्छौ, ‘उनले भने, ‘अब त यही नै ह्याचरी मेसिन आएकाले कुखुराका चल्ला उत्पादन गछौँ ।’ सरकारी दररेट अनुरुपै अण्डा, चल्ला र कुखुरा बिक्रि वितरण भईरहेको उनले बताए ।

 

‘बजारमा उपभोक्ता ठगिरहेका छन, ‘उनले भने, ‘लोकल कुखुराका नाममा अन्य कुखुरा बिक्री हुँदा, वास्तविक किसानले मुल्य नपाउने र उपभोक्ताले पनि वास्तविक खोजेको मासु नपाउने समस्याको अब अन्त्य हुन्छ ।’ डेढ करोड लगानीमा संचालनमा रहेको फर्ममा ५ जना कामदार छन । शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका संचालक जयन्ती विष्ट, पुष्पा नेगी, मिना नेगी(कुँवर), प्रजापति नेगी सबै संचालकको धेय आत्मनिर्भर बन्ने बताएका छन् । शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका संचालक प्रजापति नेगीले कृषिमा आत्मनिर्भरका लागि फर्म संचालनमा ल्याएको बताए । ‘हामीले बस्तु उत्पादन गरेर स्थानीय स्तरमै खपत गर्नुपर्छ, बाँकी बाह्य निर्यात गर्नुपर्छ, ‘उनले भने, ‘आत्मनिर्भर बन्नका लागि फर्म संचालनमा ल्याएका हौँ ।’

 

शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका अध्यक्ष जयन्ती विष्टले रोजगारीका लागि विदेशभन्दा स्वदेशमै आत्मनिर्भर बन्ने योजना अनुरुप फर्म संचालनमा ल्याएको बताईन् । ‘हामीले आत्मनिर्भर बन्नका लागि स्वदेशमै केही न केही काम गर्नुपर्छ, ‘उनले भनिन, ‘युवाका लागि यो अबसर पनि हो, खाली बस्नुभन्दा फर्मबाट कुखुराका चल्ला, अण्डा उत्पादन गरेर बजारमा बिक्रि वितरण गछौँ ।’ स्थानीय स्तरमा रोजगारी एव सहज मासु, अण्डाको आपूर्ति हुने उनले बताईन । स्थानीय स्तरमै ह्याचर, अण्डा र कुखुरा पाईने भएपछि किसान, उपभोक्ता एव व्यवसायीलाई समेत लाभ हुनेछ ।

ताजा समाचार