Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिका स्तरीय क्रिकेट छनोट खेलमा वडा नं ५ च्याम्पियन

बेलडाँडी गाउँपालिका स्तरीय क्रिकेट छनोट खेलमा वडा नं ५ च्याम्पियन

बेलडाँडी
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा गाउँपालिका स्तरीय क्रिकेट छनोट प्रतियोगितामा वडा नं ५ झिलमिला बिजय भएको छ ।

यसै २१ गते देखि अलस्टार युवा क्लबको अायोजना र गाउँपालिकाको सहयोगमा गाउँपालिकाको क्रिकेट टिम छनोटका लागि भएको खेलमा वडा नं ५ बिजेता र वडा न. १ उपबिजेता भएको अायोजकले जनाएको छ ।

अाफ्ना खेलाडीहरूले राम्रो प्रदर्शन गरेकाले च्याम्पियन बन्न सफल भएको टिम व्यवस्थापक दिपक खडकाले बताउनु भयो ।

खेल सामग्री हस्तान्तरण

बेलडाँडी गाउँपालिका वडा नं ५ ले अाज अाफ्ना क्रिकेट खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेको छ । काबा वडा अध्यक्ष कमला अोखेडाले अाज बिजेता खेलाडीहरूलाई हार्दिक बधाई दिदै खेल सामग्री हस्तान्तरण गराएको टिम व्यवस्थापक दिपक खडकाले जानकारी गराए । वहाका अनुसार खेलाडीहरूको हाैसला प्रदान गर्नमा वडाले सहयोग गरेको प्रति सबैले अाभार समेत गरेका थिए । 

 

ताजा समाचार