धनगढी,
उधोग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बिक्षिप्त बन्दै गएको आरोप लगाएका छन् । । धनगढीमा प्रेस संगठन नेपाल को सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन।

मन्त्री भट्ट ले भने,“ धनगढी सभामा प्रचण्डले त्यहाँ मेरो नाम लिएको भए जनता ले ढुंगा हिर्काउँथे ।“संस्कार बिहिन बन्दै गएपछि प्रचण्डले जे मन लाग्यो त्यो बोल्ने गरेको मन्त्री भट्ट को भनाई रहेको छ ।
मन्त्री भट्टले आफुलाई दलाल भनेको कुरो प्रती कुनै गुनासो नरहेको बताए । प्रचण्ड संग जे छ त्यही भन्नू भयो मलाई अनौठो लागेको छैन। उनले भने, धनगढी आएर मेरो आमालाई सम्झनु भएछ, मेरो परिवार को चिन्ता गर्नु भएको मा धन्यवाद छ उहाँलाई ।एक फरक प्रसंगमा मन्त्री भट्टले टिकापुर घटनाको दोषी रेशम चौधरी नभएको बताए ।
उनले भने “ रेशम चौधरी भित्र हालिएको छ तर दोषी बाहिर छन् , हामिलाई शंका छ । “ मन्त्री भट्टले ठूलठुला नेपालका घटना हरु को प्रतिबेदन बाहिर नआउने भएकाले टिकापुर घटनाका दोषी पनि बाहिर रहेका जिकिर गरे ।