Sunday, September 25, 2022
गृहपृष्ठआर्थिकबेलडाँडी सिमा क्षेत्रबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

बेलडाँडी सिमा क्षेत्रबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

 बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउपालिका वडा नम्बर ०३ बनकुरुवा बाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।
बेलडाँडी सिमा क्षेत्र (सहायक सीमा स्तम्भ नं. ७८३।२) नजिकैबाट सशस्त्र प्रहरीले खैरो हिरोईन सहित एक महिला एक पुरूषलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट झिलमिलाबाट खटिएको सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा शनिबार साँझ बा ६८ प ३१६९ नंम्बरको मोटरसाइकलमा सवार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ०१ सुख्खड बस्ने २२ वर्षीय युवक गोरखबहादुर बोगटी र कैलालीकै बर्दगोरीया गाउँपालिका ०३ बौनिया बस्ने २३ वर्षीया युवती शारदा बिकलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १७ ग्राम खैरो हिरोईन, नगद रु. चार हजार, बैँक चेक, ३ थान मोबाइल सेट, एकएक थान मोटरसाइकल, झोला र भारतीय सिम कार्ड समेत बरामद गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलडाँडीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिनुभयो । 

ताजा समाचार