Thursday, August 18, 2022
गृहपृष्ठसमाचारससद विघटन बिरुद्धमा काँग्रेसका शुभेच्छुक संघ संगठनद्वारा बिरोध प्रर्दशन

ससद विघटन बिरुद्धमा काँग्रेसका शुभेच्छुक संघ संगठनद्वारा बिरोध प्रर्दशन

संसद विघटन बिरुदमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार कञ्चनपुरमा बिरोध प्रर्दशन गरेका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामीले प्रनिनिधि सभा विघटन बिरुद्ध कांग्रेसको निर्देशनमा शुभेच्छुक संस्थाहरुले शनिकबार कञ्चनपुर सहित देशभरीका ७७ ओटै जिल्लामा मौन ¥याली निकाल्दै बिरोध प्रदर्शन गरेको बताए । नेपाली कांग्रेसका सुभेच्छुक संस्थाहरु नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्राटिक लयर्स एसोसिएसन, नेपाल निजामती कर्मचारी युनियन(संघ), प्रजातन्त्रवादी प्राधापक संघ नेपाल, प्रजातन्त्रवादी चिकित्सक, नेपाल प्रेस युनियन, त्रि.वि. प्रजातन्त्रवादी कर्मचारी संघ, नेपाल सांस्कृतिक संघ र लोकतान्त्रिक गैर–सरकारी संस्था महासंघ लगायले कञ्चनपुरमा बिरोध प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस कञ्चनपुरका पुर्व सह–सचिव तथा नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय बिभाग सुदूरपश्चिम प्रदेश संयोजक मिन बहादुर सिंहले केपी ओली नेतृत्वको सरकारकाले संसद बिघटन गर्दै देशमा अस्थिरता, तानाशाहीपना, अराजकता लगायत सर्वसत्तावाद लाग्न खोजेकोकाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्टप्रति जिम्मेवार नागरिक स्वस्र्फत रुपमा आन्दोलनमा उत्रिन लागेको बताए । टाउकोमा कालो पट्टी सहित सरकारले गरेका बेथिती बिरुद्ध लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

ताजा समाचार