Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीशंकरपुर प्रहरीद्वारा अबैध बोइलर कुखुरा बरामद

शंकरपुर प्रहरीद्वारा अबैध बोइलर कुखुरा बरामद

बेलडाँडी,
लालझाडी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले अबैध बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ ।

प्र.स.नि. धन सिंह धामीको कमाण्डमा खटिएको गस्ती टोलिले लालझाडी गापा ३ पर्सियाबाट अाज राती करिब १:३० बजेको समयमा प्रतिबन्धित २५० किलो ग्राम कुखुरा बेवारिसे अवस्थामा फेला पारेको बेलाैरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।


साथै उक्त अबैध कुखुरा बरामद गरी स्थानिय जनप्रतिनिधी र पशु क्वारेन्टाईन बेलौरीका प्रतिनिधी लगायतका नागरिकहरुको रोहबरमा अाज बिहान ०७:०० बजेको समयमा नष्ट गरीएको जानकारी समेत गराए । साथै अबैध रुपमा चोरी, तस्करी नियन्त्रण एवं अपराधिक कार्य रोकथाम गर्न गराउन सहयोग गर्नु हुने सम्पुर्णमा प्रहरीले धन्यवाद व्यक्त गरेको छ ।

ताजा समाचार