Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीदैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

दैजी-बेलडाँडी सडक खण्डमा बँदेल र माेटरसाईकल ठोकिदा दुई जना घाईते, बदेलकाे मृत्यु

बेलडाँडी ,
कञ्चनपुरकाे दैजी बेलडाँडी सडक खण्ड अन्तरगत क्याम्प देखि भित्र शुक्लाफाँटा राष्ट्रिय निकुञजमा जंगलि बँदेल संग माेटरसाईल ठाेक्किदा बदेलकाे घटना स्थलमा मृत्यु भएकाे छ, भने दुई जना घाईते भएकाछन् ।

जसमा एककाे अवस्था गम्भिर रहेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएकाे छ ।हुलाकी सडक दैजी देखि बेलडाँडी अाउने क्रममा सु.प्र.प.०१००८ प ४६८८ नम्बरकाे हाेण्डा साईन माेटरसाईकल सवार बेलाैरी नगरपालिका- १० भुडाका बर्ष ३२ का प्रमाेद राना र साेहि ठाउका बर्ष ३५ का उपदेव राना घाईते भएका छन् ।

प्रमाेद रानाकाे अवस्थ गम्भिर रहेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिहले जानकारी दिनु भयाे ।

अहिले थप उपचारका लागि प्रथमिक स्वास्थ्य केन्द्र बेलडाँडीबाट सेती प्रदेशिक अस्पताल धनगढि रेफर गरीएकाे छ ।

ताजा समाचार