Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीआधारभूत स्वास्थ्य इकाई उद्घाटन

आधारभूत स्वास्थ्य इकाई उद्घाटन

 खडक रावल

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ मा आधारभूत स्वाथ्य इकाईको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच आधारभूत स्वास्थ्य इकाई उद्घाटन गरिएको हो ।

दोधाराचाँदनीका मेयर बीर बहादुर महराले एक कार्यक्रमका विच स्वास्थ्य इकाईको उद्घाटन गरेका छन । मेयर सुनारले अब हरेक वडाहरुमा स्वास्थ्य इकाई स्थापना हुने बताए ।

दोधाराचाँदनी नगरपालिका २ का वडाध्यक्ष कमलापती भट्टले यस अघि संयुक्त स्वास्थ्य कार्यालय रहेको बताउदै अहिले एकल भएको बताए । दोधाराचादनी स्वास्थ्य केन्द्रका प्रमुख जय ब महराले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिन आग्रह गरे ।

दोधाराचाँदनी नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रले बिमाको लाभ लिन हुनस्वास्थ्य कर्मचारीलाई बिरामीहरुसङ्ग राम्रो ब्यवहार गरि बिरामी नहुने किसिमका सल्लाह दिई उपचाए गर्न आग्रह गरे ।

ताजा समाचार