Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीसमाचार संकलन गर्न गएका पत्रकार माथी आन्दोलनकारीद्धारा कुटपिट

समाचार संकलन गर्न गएका पत्रकार माथी आन्दोलनकारीद्धारा कुटपिट

कञ्चनपुर,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको आमहड्तालका क्रममा कञ्चनपुरमा पूर्वमन्त्री उर्वादत्त पन्तको टोलीले गरेको पत्रकार कुटपिटको घटनाको निन्दा गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ कञ्चपुर शाखा र नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै पत्रकारमाथि भएको कुटपिटको घटनाको भर्त्सना गरेका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावल र नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव अमरबहादुर चन्दले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै उक्त घटाको भर्त्सना गरेका हुन ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस घटनाले पत्रकारको समाचार संकलन गर्ने प्रकाशनरप्रसारण गर्न पाउने रोक्न खोजेको महासंघको ठहर छ ।”

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बसपार्कस्थित चम्मन चौकमा रिर्पोटिङका क्रममा पूर्वमन्त्री समेत रहेका नेकपाका नेता उर्वादत्त पन्त, भीमदत्त नगरपालिकाका पूर्व मेयर ईश्वरीप्रसाद खरेल लगायतका नेताले पत्रकार मदन गिरीमाथि दुर्व्यवहार गर्दै लात्ता प्रहार गरि कुटपिट गरेका हुन् ।

ताजा समाचार