Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका वडा अध्यक्ष खत्रीद्धारा खेलाडीलाई खेल सामग्री हस्तान्त्रण

बेलडाँडीका वडा अध्यक्ष खत्रीद्धारा खेलाडीलाई खेल सामग्री हस्तान्त्रण

बेलडाँडी,

बेलडाँडी गाउँपालिका वडा न.१ का वडा अध्यक्ष अमर खत्रीद्धारा अलस्टार युवा क्लबलाई खेल सामग्री हस्तान्त्रण गरेको छ ।

कञ्चनपुर जिल्ला क्रीकेट संघको आयोजनामा फागुन महिना देखि महेन्द्रनगरको कबड हलमा पालिका स्तरीय क्रीकेट प्रतियोगिताका लागि बेलडाँडी गाउँपालिकाको टिम छनोट हुनलागेका बेला वडाको खेलकुदको बजेट बाट खेल सामग्री खरिद गरि हस्तान्त्रण गरेको वडा अध्यक्ष अमर बहादुर खत्रीले जानकारी गराउनु भयो । ।

उहाँका अनुसार वडाको खेलकुदको बजेटबाट खेलडाँडीहरुलाई अहिले क्रिकेटका सामग्री दिइएको बताए । यस क्षेत्रका युवाहरुको खेलकुदमा विकास होस् भन्ने उदेश्यका साथ सहयोग गरिएको बताए। यस्तै आगामी दिनमा समेत खेलकुदमा सहयोग गरिने बताउनु भयो ।

अलस्टार युवा क्लवका अध्यक्ष चेत बहादुर शाहको अगुवाइमा बेलडाँडी गाउँपालिका स्तरिय छनौट प्रतियोगिता चलेकै बेला खेलाडीहरुलाई केहि राहत होस् भन्ने उदेश्यका साथ वडाले आफ्ना वडाका खेलाडीहरुलाई खेल सामग्री सहयोग गरेको हो ।

सामग्री बुझदै क्लबका अध्यक्ष चेत बहादुर शाहले वडा अध्यक्ष लगायत वडाका जनप्रतिनिधीहरुलाई धन्यवाद दिनु भयो । यसरी खेल क्षेत्रमा युवाहरुको हौसलालाई गाउँपालिकाले ध्यानदिएको प्रति आभार प्रकट गर्दै शाहले आगामी दिनमा समेत खेल क्षेत्रमा वडा, गाउँपालिकाको लगाव रहिरहोस् भन्ने आग्रह गरे ।

पछिल्लो समयमा बेलडाँडी गाउँपालिकाले खेल क्षेत्रमा निकै चासो देखाउदै आएको छ । बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले भने खेलडाँडी भनेका राष्ट्रको मेरुदण्ड भएको भन्दै खेलक्षेत्रमा गाउँपालिकाको सक्दो सहयोग रहने बताउनु भयो ।

ताजा समाचार