Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीबीच सडकमै बन्दकर्ताको भोज

बीच सडकमै बन्दकर्ताको भोज

काठमाण्डु,

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । उपत्यकाका मुख्य सडकमा नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरीले अवरोध खुलाइरहेको छ ।

हिजो अस्तिको तुलनामा आज सवारीसाधनहरु कम चलेका छन् भने पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा कोटेश्वर–जडिबुटी सडकखण्ड अवरूद्ध भएको छ ।

सडकमा अवरोध सिर्जना गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ तर, कोटेश्वरमा भने फरक दृश्य देखिएको छ । हड्ताल सफल बनाउन आएकोहरुलाई कोटेश्वर चोकमा खानाको व्यवस्था गरिएको छ । सडक बीचमै खाना पाक्दैछ ।

बिच सडकमा ग्यासमा खाना पाक्दै गर्दा बन्दकर्ताले सवारी अवरोध गरिरहेका छन् । काठमाण्डुमा बन्द सफल पार्न निस्किएका कार्यकर्ताहरु सडकमै बसिरहेको पनि देख्न सकिन्छ । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ ।

ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ । सो क्षेत्रमा प्रहरीले सर्वसाधारणलाई अवरोध गरी भित्री बाटोबाट ‘डाइभर्ट’ गराएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।

ताजा समाचार