कञ्चनपुर,
सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउदै काठमाण्डौंका सडकहरुमा उत्रिएका छन् ।

नेकपा माधव–प्रचण्ड समूहद्धारा देशव्यापी रुपमा घोषणा गरिएको आम हडतालको समर्थनमा काठमाण्डौंको सडकमा निस्किएका मुख्यमन्त्री भट्ट बन्दकर्ताहरुसंगै बन्द गराउदै हिडेका छन् ।
काठमाण्डौ सातदोवाटोमा बिरोध प्रदर्शनमा मुख्यमन्त्री भट्टसंगै उनका स्वकीय सचिव शिवसिंह ओली समेत सहभागी छन् ।
आफै सरकार प्रमुख भएर शान्ति सुरक्षामा खलल पुग्ने गरि गरिएका बन्द र तोडफोडमा मुख्यमन्त्री नै सहभागी भएको भन्दै चौतर्फी सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको आलोचना भएको छ ।
