Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा आमहड्तालको प्रभाव ः राजमार्ग ठप्प बजार बन्द, आन्दोलनमा नेता जनप्रतिनिधीदेखि विघठित...

कञ्चनपुरमा आमहड्तालको प्रभाव ः राजमार्ग ठप्प बजार बन्द, आन्दोलनमा नेता जनप्रतिनिधीदेखि विघठित प्रतिनिधी सभा सदस्यसम्म

खडक कोली/कञ्चनपुर
संसद विघटन, सम्वैधानिक आयोगमा असम्वैधानिक नियुक्ती बिरुद्धमा बिहीबार प्रचण्ड नेपाल पक्षले आब्हान गरेको आमहड्तालको असर कञ्चनपुरमा समेत परेको छ । बिहानैदेखि कञ्चनपुर स्थित पश्चिम महेन्द्रराजमार्ग, मुख्य बजार क्षेत्रमा बढि प्रभाव परेको छ ।

विभिन्न गन्तव्यका लागि महेन्द्रनगरदेखि छुट्ने सार्वजनिक यातायात संचालनमा आउँन नसक्दा राजमार्ग क्षेत्रमा प्रभाव परेको हो । व्यवसायिक सवारी साधन समेत संचालनमा आएका छैनन । छिटपुट अटो र टेक्टरबाहेक अन्य व्यवसायिक सवारी साधन सचालन भएका छैनन ।
नेकपा प्रचण्ड नेपाल पक्षीय आम हड्तालमा जिल्लाका नेताहरु, स्थानीय तहका जनप्रतिनिधी, प्रदेश सभा सदस्य सहित विघठित प्रतिनिधी सभा सदस्य आन्दोलनमा होमिएका थिए । नेकपा प्रचण्ड नेपाल पक्षीय कञ्चनपुरले बिहान महेन्द्रनगर बजारमा संसद विघटन र सम्वैधानिक निकायमा नियुक्ती बिरुद्धमा प्रर्दशन गरेका थिए ।

प्रर्दशनमा प्रचण्ड नेपाल पक्षीय जनप्रतिनिधी, प्रदेश सभा सदस्य र विघठित प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्ट सहितका नेता कार्यकर्ताहरुले बिरोध प्रर्दशन गरेका थिए । आमहड्तालका कारण राजमार्ग सहित मुख्य बजार क्षेत्र समेत प्रभाव परेको छ । महेन्द्रनगर, दोधाराचाँदनी, ब्रम्हदेब, दैजी, झलारी, गुलरिया, वाणि, बेलडाँडी, बेलौरी, पुनर्वासका बजार बन्द भएका छन । भने सरकारी कार्यालयमा समेत खासै भिडभाँड देखिएको छैन । बन्दका कारण सेवाग्राही कार्यालयसम्म पुग्न सकेका छैनन ।

प्रचण्ड नेपाल समुहका नेता कार्यकर्ताहरुले कञ्चनपुरको राजमार्गमा एका बिहानै नेता कार्यकर्ताहरुले टायर बालेर प्रर्दशन गरेका थिए ।
पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत महेन्द्रनगर, सुडा, दैजी, झलारी, वाणी, गुलरिया क्षेत्रमा टायर बालेर बिरोध प्रर्दशन गरेका हुन । नेकपा कञ्चनपुरका युवा तिकल जप्रेलले प्रतिगमन बिरुद्धमा पार्टी बाध्य भएर आमहड्तालमा उत्रिएको बताए ।

उनका अनुसार बिहानैदेखि राजमार्ग क्षेत्रका विभिन्न स्थानमा नेता कार्यकर्ताहरुले टायर बालेर बिरोध प्रर्दशन गरेका छन । अनेरास्ववियू कञ्चनपुरका नेता दिपक भट्टले सरकारको असम्वैधानिक कदम जस्तै संसद विघटन, सम्वैधानिक नियुक्तमा भारतलाई अरुण तेस्रो बेचेका जस्ता विषयबाट पार्टी आन्दोलित भएको र त्यसै अनुरुप विद्यार्थी समेत सडकमा आएको बताए ।

प्रचण्ड नेपाल पक्षीय नेता एव नेकपा कञ्चनपुरका कार्यालय सदस्य देबेन्द्र ढुङगानाले असंवैधानिक रूपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरूका पदाधिकारी र सदस्यको नियुक्तिको विरोधमा आमहडताल आह्वान गरिएको बताए । उनले आमहड्तालाई बाध्यता भनेका छन । आमहडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द भएको उनले बताए भने अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायत अत्यावश्यक सेवाहरू सुचारु रहने उनले बताए । नेता ढुङगानाले आन्दोलन शान्तिपूर्ण आन्दोलन हुने बताए ।

तर, नागरिकले भने राजनीतिक दलहरुलाई बन्दहड्ताल भन्दा शान्तिपूर्ण संघर्षमा जोडदिएका छन । बिहान १०बजेसम्म आन्दोलन शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले आन्दोलनमा कुनै अप्रिय घटना नघटेको बताए । ‘अहिलेसम्म शान्तिपूर्ण नैछ, ‘प्रवक्ता थापाले भने, ‘आउने गाडी आईरहेकै छन, तर जाने गएका छैनन ।’

ताजा समाचार