खडक कोली,

प्रचण्ड नेपाल समुहको नेकपाले बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरे अनुरुप कञ्चनपुरको राजमार्गमा एका बिहानै नेता कार्यकर्ताहरुले टायर बालेर प्रर्दशन गरेका छन ।
पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत महेन्द्रनगर, सुडा, दैजी, झलारी, वाणी, गुलरिया क्षेत्रमा टायर बालेर बिरोध प्रर्दशन गरेका हुन । नेकपा कञ्चनपुरका युवा तिकल जप्रेलले प्रतिगमन बिरुद्धमा पार्टी बाध्य भएर आमहड्तालमा उत्रिएको बताए । उनका अनुसार बिहानैदेखि राजमार्ग क्षेत्रका विभिन्न स्थानमा नेता कार्यकर्ताहरुले टायर बालेर बिरोध प्रर्दशन गरेका छन । अनेरास्ववियू कञ्चनपुरका नेता दिपक भट्टले सरकारको असम्वैधानिक कदम जस्तै संसद विघटन, सम्वैधानिक नियुक्तमा भारतलाई अरुण तेस्रो बेचेका जस्ता विषयबाट पार्टी आन्दोलित भएको र त्यसै अनुरुप विद्यार्थी समेत सडकमा आएको बताए ।
असंवैधानिक रूपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरूका पदाधिकारी र सदस्यहरूको नियुक्तिको विरोधमा आमहडताल आह्वान गरिएको नेकपा कञ्चनपुरका नेता देबेन्द्र ढुङगानाले बताए ।आमहडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द रहनेछन् भने अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायत अत्यावश्यक सेवाहरू सुचारु रहने उनले बताए । विद्यार्थीको परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने श्रेष्ठले स्पष्ट पारे । विद्यार्थीले परिचयपत्र देखाएर सवारीसाधन सञ्चालन गर्न पाउने उनको भनाइ छ ।
आमहडताल शान्तिपूर्ण हुने उनले बताए । २८ माघमा काठमाडौंमा हुने विरोध प्रदर्शन र सभा यथावत् रहेको पनि उनले जानकारी दिए । केन्दीय कार्यक्रम अनुरुप कञ्चनपुरमा समेत आन्दोलन हुने नेकपा कञ्चनपुर प्रचण्ड नेपाल पक्षले जनाएको छ । तर, नागरिकले भने राजनीतिक दलहरुलाई बन्दहड्ताल भन्दा शान्तिपूर्ण संघर्षमा जोडदिए । बन्दका कारण कञ्चनपुरको महेन्द्रनगरबाट संचालन हुने ठुला तथा साना सवारी साधन संचालनमा आएका छैनन । बजार, उद्योग, शिक्षण संस्था बन्द रहेका छन ।
