Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीप्रचण्ड नेपालका कार्यकर्ताद्वारा बन्दको पुर्व सन्ध्यामा महेन्द्रनगरमा राँके जुलुस सहित बिरोध प्रर्दशन

प्रचण्ड नेपालका कार्यकर्ताद्वारा बन्दको पुर्व सन्ध्यामा महेन्द्रनगरमा राँके जुलुस सहित बिरोध प्रर्दशन

खडक कोली,
नेकपा प्रचण्ड, नेपाल पक्षले बिहीबार संसद विघटन र सम्वैधानिक निकायमा असम्वैधानिक रुपमा नियुक्ती भन्दै त्यस बिरुद्धमा देशव्यापी आमहडतालको घोषणा गरेको छ । आम हड्तालको पुर्व सन्ध्यामा प्रचण्ड नेपालका कार्यकर्ताहरुले कञ्चनपुरको महेन्द्रनगरमा समेत राँके जुलुस सहित संसद विघटन र सम्वैधानिक नियुक्तीको बिरोध गरेको छ । नेकपा निकट अनेरास्ववियू कञ्चनपुरका युवा नेता कैलाशचन्द्र गिरीले केन्दीय कार्यक्रम अनुरुप महेन्द्रनगरका मुख्य चोकहरुमा मसाल बालेर गैर सम्वैधानिक कदमको बिरोध गरिएको बताए । उनले राष्ट्रपति कार्यालयबाट संविधानका धारा नै उल्लेख नगरि गरिएको सम्वैधानिक नियुक्ती स्वत गैर सम्वैधानिक भएको टिप्पणी गर्दै जनताको अभिमत कुल्चिनेहरुले गैर सम्वैधानिक काम गर्नुु स्वभाविक भएको बताउँदै बिरोध गरिएको बताए । मसाल प्रर्दशनमा नेकपा युवा संगठन केन्दीय सदस्य रामन्द्रं रेग्मी सहितका युवा विद्यार्थी नेताहरुले संसद विघटनका साथै सम्वैधानिक निकायमा गरिएका नियुक्ती खारेजीको माग अघि सारेका थिए । प्रचण्ड नेपाल समुहले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताईरहेका छन ।

ताजा समाचार