Saturday, December 3, 2022
गृहपृष्ठदैनिक गतिविधीप्रचण्ड, नेपालपक्षद्वारा बिहीबार देशव्यापी आमहड्तालको घोषणा

प्रचण्ड, नेपालपक्षद्वारा बिहीबार देशव्यापी आमहड्तालको घोषणा

कञ्चनपुर,
नेकपा प्रचण्ड, नेपाल पक्षले देशव्यापी आमहडतालको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर सो समूहले आमहडतालको घोषणा गरेको हो ।
असंवैधानिक रूपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरूका पदाधिकारी र सदस्यहरूको नियुक्तिको विरोधमा आमहडताल आह्वान गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।आमहडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द रहनेछन् भने अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायत अत्यावश्यक सेवाहरू सुचारु रहने भएका छन् । विद्यार्थीको परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने श्रेष्ठले स्पष्ट पारे । विद्यार्थीले परिचयपत्र देखाएर सवारीसाधन सञ्चालन गर्न पाउने उनको भनाइ छ ।
आमहडताल शान्तिपूर्ण हुने उनले बताए । २८ माघमा काठमाडौंमा हुने विरोध प्रदर्शन र सभा यथावत् रहेको पनि उनले जानकारी दिए । केन्दीय कार्यक्रम अनुरुप कञ्चनपुरमा समेत आन्दोलन हुने नेकपा कञ्चनपुर प्रचण्ड नेपाल पक्षले जनाएको छ । नेकपा कञ्चनपुरका कार्यालय सदस्य तथा प्रचण्ड नेपाल पक्षीय नेता देपेन्द्र ढुङगानाले असम्वैधानिक कदम बिरुद्धमा बाध्य भएर आम हड्तालमा उत्रिनु परेको बताए । उनले शान्तिपूर्ण आम हड्तालमा सहयोगका लागि अपिल गरेका छन । तर, नागरिकले भने राजनीतिक दलहरुलाई बन्दहड्ताल भन्दा शान्तिपूर्ण संघर्षमा जोडदिएका छन ।

ताजा समाचार