Saturday, December 3, 2022
गृहपृष्ठअन्यभूमि आयोग कञ्चनपुरमा भाँडभैलो, नियुक्त भएका एक सदस्यद्वारा टिम उपयुक्त नभएको भन्दै...

भूमि आयोग कञ्चनपुरमा भाँडभैलो, नियुक्त भएका एक सदस्यद्वारा टिम उपयुक्त नभएको भन्दै नबस्ने घोषणा

कञ्चनपुर,भूमि आयोग कञ्चनपुरको अध्यक्ष र सदस्यमा तीन जना नियुक्त भएसगै अध्यक्ष सदस्य जिल्लामा पाईला नटेक्दै भाँडभैलो मच्चिएको छ । भूमि आयोग कञ्चनपुरको सदस्यमा नियुक्त भएका सदस्य रमेश भट्टले भूमि आयोगको काम महत्वपूर्ण काम भएको हुँदा सो कामका लागि अहिले छनौट भएको टिम उपयुक्त नलागेकोले आफु सो टिममा सदस्य नबस्ने घोषणा गरेका छन । उनले समाजिक सञ्जालमा भूमी व्यवस्था सम्बन्धी समस्या समाधान आयोगको कञ्चनपुर जिल्लाको सदस्य पदमा मेरो नाम रहेको भन्दै बधाई आउन थालेकाले आयोग कञ्चनपुरको महत्वपूर्ण काम भएको हुँदा सो कामका लागि अहिल छनौट भएको टिम उपयुक्त नलागेकोले आफु सो टिममा सदस्य भएर नबस्ने घोषणा गरेका छन ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) महिला नेत्रृ कमला बोहरालाई सरकारले नियुक्त गरेकोछ । मन्त्रीपरिषद्को निर्णयबाट सुकुमबासी आयोग कञ्चनपुरको अध्यक्षमा महिला नेतृ बोहरालाई चयन गरेको थियो ।

नेकपा कञ्चनपुरका नेतात्रय सुरेन्द्र बम, बिर बहादुर थापा(पातल) पल्लवराज भट्टको पहिलेदेखि चर्चा भएपनि संसद विघटनसंगै नेकपा फुटसंगै ओली पक्षीयले कञ्चनपुरको अध्यक्षमा महिला नेत्रृलाई अघि सारेको हो ।

विज्ञ सदस्यमा नेकपा दोधाराका नेता किशोर लिम्बु र सदस्यमा रमेश भट्टलाई नियुक्त गरेको छ । यस अघि सदस्यमा ओली समुहकी केन्दीय सदस्य लक्ष्मी बुढाको चर्चा थियो ।

ताजा समाचार