बेलडाँडी,

भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) महिला नेत्रृ कमला बोहरालाई सरकारले नियुक्त गरेकोछ । मन्त्रीपरिषद्को निर्णयबाट सुकुमबासी आयोग कञ्चनपुरको अध्यक्षमा महिला नेतृ बोहरालाई चयन गरेको हो ।
नेकपा कञ्चनपुरका नेतात्रय सुरेन्द्र बमका बिर बहादुर थापा(पातल) पल्लवराज भट्टको पहिलेदेखि चर्चा भएपनि संसद विघटनसंगै नेकपा फुटसंगै ओली पक्षीयले कञ्चनपुरको अध्यक्षमा महिला नेत्रृलाई अघि सारेको हो । विज्ञ सदस्यमा नेकपा दोधाराका नेता किशोर लिम्बु र सदस्यमा रमेश भट्टलाई नियुक्त गरेको छ । यस अघि सदस्यमा ओली समुहकी केन्दीय सदस्य लक्ष्मी बुढाको चर्चा थियो । नेकपा ओली पक्षीय केही नेताहरुले ईमान्दार, नेतृत्वकर्ताको टिम कञ्चनपुरको आयोगको अध्यक्ष सदस्यमा चयन भएको बताएका छन ।