बेलडाँडी,

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय बेलडाँडीले विभिन्न समयमा पक्राउ गरेका चाेरीका माेटरसाईकल भन्सार चलान गरेकाे छ ।
प्रहरीको चेक जाँचका क्रममा पक्राउ गरीएका करिब ३ लाख ५९ हजार मूल्य बराबर पर्ने चाेरीका माेटरसाईकल पक्राउ गरि साेमबार जिल्ला भन्सार कार्यालय कञ्चनपुर चलान गरेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनु भयाे ।
उहाँका अनुसार अाफुहरूले नियमित गर्ने चेक जाचका बेला कागजात नभएका मोटरसाइकल भेटीपछि हाल सम्म पनी सम्पर्कमा नआएकाले पक्राउ गरिएका मोटरसाईकल चोरीका भएकाले भन्सार चलान गरिएको बताउनु भयो ।
यस्तै पछिल्लाे समयमा बेलडाँडी प्रहरीले सुरक्षा व्यवस्थालाई कडा परे संगै भन्सार छलि गरेर सिमावर्ति भारतबाट ल्याउदै गरेकाे अवस्थामा साेमबार ढाई क्वीन्टल चिनि र २५ किलाे चना बरामद् गरि भन्सार पठाएकाे समेत जनाए । अहिले बेलडाँडीमा शान्ति सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएकाे छ ।
