Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीप्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा आज क्वाटरफाइनलका दुई खेल हुने, पहिलो...

प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा आज क्वाटरफाइनलका दुई खेल हुने, पहिलो खेल गौरीगंगा-११ र सगरमाथा ,दोस्रो खेल बेलडाँडी गाउँपालिका र एमसिडिसी भिड्ने

विकास महता/कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी यश क्षेत्रको सर्वाधिक धनराशि भएको प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा-२०७७ मा आज क्वाटरफाइनलका दुई खेल हुने छन् ।
आज सनिवार प्रतियोगिताको छैटौं दिनको पहिलो खेल गौरीगंगा-११ र सगरमाथा युवा क्लब अत्तरिया बिच दिउँसो १२ बजे हुने छ भने आजको दोस्रो र क्वाटरफाइनलको अन्तिम खेल समुह “सि” अन्तर्गत बेलडाँडी गाउँपालिका फुटबल टिम र एमसिडिसी बेदकोट नगरपालिका -५ धरमपुरका बिच प्रतिस्पर्धात्मक खेल दिउँसो २ बजे महेन्द्रनगरको खुलामञ्चमा हुने प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताउनु भएको छ।आजका दुबई खेलमा जित हासिल गर्ने टिमले आफ्नो सेमिफाइनलको यात्रा पक्का गर्ने उनले बताएका छन् ।
प्रतियोगिता संयोजक चन्दका अनुसार महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरियाले प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरिसके बताउनु भो ।
बिहिवार भएको क्वाटरफाइनलको पहिलो खेलमा रोयल गोर्खा महेन्द्रनगर लाई महेन्द्रनगर युनाइटेड निलोले ३-२ गोलको अन्तरलाई हराउदै सेमिफाइनलको यात्रा पक्का गर्ने पहिलो टिम रहेको छ ।
यसरी शुक्रबार भएको क्वाटरफाइनलको दोस्रो खेलमा विभागीय टिम एपीएफ अत्तरीया र पिएफए अत्तरीया बिच भएको प्रतिस्पर्धात्मक खेलमा १-० गोलको अन्तरले एपीएफ लाई हराउदै पिएफए सेमिफाइनल प्रवेश गरेको छ।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका १६ टिमको सहभागिता रहेको छ भने च्याम्पियन हुने टिमले नगद १ लाख हात पर्ने छ । यसरी उपविजेता हुने टिमले ५० हजारमा चित्त बुझाउने छ। प्रतियोगिता यहि माघ १२ गते देखि सुरु भएको थियो भने माघ २१ गते भब्यताका साथ महेन्द्रनगरको खुलामञ्चमा समापन हुने आयोजकले जानकारी दिएको छ।

ताजा समाचार