Monday, December 5, 2022
गृहपृष्ठदैनिक गतिविधीसीमा क्षेत्र गड्डाचौकीको हेल्थडेस्कलाई स्वास्थ्य समाग्री

सीमा क्षेत्र गड्डाचौकीको हेल्थडेस्कलाई स्वास्थ्य समाग्री

खडक कोली/कञ्चनपुर ,
कोरोना नियन्त्रण तथा रोकथामका लागि भीमदत्त नगरपालिकाले सीमा क्षेत्र गड्डाचौकीका स्थापना गरेको हेल्थडेस्कलाई स्वास्थ्य समाग्री सहयोग गरिएको छ ।
अन्र्तराष्ट्रिय प्रवासी संस्था(आईओएम)ले नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमामा स्थाना गरिएको हेल्थडेस्कलाई स्वास्थ्य समाग्री सहयोग गरेको हो ।

नेपाल भारतको पश्चिम नेपालको मुख्य प्रवेसद्वार गड्डाचौकीमा गत फागुनमा भीमदत्त नगरपालिकाले हेल्थडेस्क स्थापना गरेर भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षण गर्दै आएको थियो । अन्र्तराष्ट्रिय प्रवासी संस्था(आईओएम)ले हेल्थ डेस्कको भौतिक संरचना सुधारका लागि आवश्यक स्वास्थ्य सुरक्षा समाग्री दिएको भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले बताए । स्वास्थ्य शाखा प्रमुख जोशीले मास्कदेखि हेण्डबास मेसिनसम्म दिएको बताए ।

स्वास्थ्य शाखा प्रमुख जोशीका अनुसार हेल्थडेस्क स्थापनाका साथै मास्क, सेनिटाईजर लगायतका दर्जनौँ उपकरण दिएको बताए । ‘हेल्थडेस्कमा चार बेड समेत रहेका छन, ‘भारतबाट फर्किने कुनै नेपाली संक्र्रमित भई फर्किर आए उपचार समेत गछौँ ।’ भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टलार्ई स्वास्थ्य समाग्री हस्तानन्तरण गर्दै अन्र्तराष्ट्रिय प्रवासी संस्था(आईओएम)का प्रमुख डा. भासिङ्ग सिहले विश्वप्यापी रुपमा फैलिएको कोरोना रोकथामका लागि सबै समुदाय जिम्मेबार हुनुपर्नेमा जोडदिए ।

स्वास्थ्य सेवा विभाग इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम बहादुर नेपालीले कोरोना महामारी लगायत अन्य रोग निन्त्रणका लागि सीमा क्षेत्रमा हेल्डडेस्क सुधारका लागि पहल भईरहेको बताए । ‘कोरोना लगायतमा अन्य महामारीजन्य रोग भित्रिन नदिन सीमा क्षेत्रमा रहेका हेल्थडेस्क सुधार गरिरहेका छौँ, ‘उनले भने, ‘अब प्रिफाईप सहितका संरचना निर्माण गछौँ ।’ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सहित देशभरीका अन्य ८ सीमा क्षेत्रमा रहेका हेल्थडेस्क सुधार गर्दै जनशक्ति समेत व्यवस्थापन गरिने बताए । सुदूरपश्चिम प्रदेशका गड्डाचौकी र गौरीफन्टाका हेल्थडेस्क सुधार गरिनेब बताउदै अधिकृत स्तरका स्वास्थ्यकर्मी सहित खटिने बताए ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले भारतमा मुख्य शहरमा कोरोना महामारी फैलिरहेका बेला नेपाल प्रवेसद्वार गड्डाचौकीमा समेत नगरपालिकाले हेल्थडेस्क स्थापना गरेर कोरोना निन्त्रणका लागि कदम अघि बढाएको बताए ।

‘हामीले जसरी पनि कोरोना जित्नुथियो, ‘उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरियो, काम पनि गरियो, आज एकहतसम्म पुगेको छ, अब नाका खुलाउने निर्णयसंगै थप चुनौती बढ्दैछ ।’ हेल्थडेस्कमा भौतिक संरचना एव उपकरण थप्दै थप स्तरिय बनाउने प्रतिबद्धता जाहेर गरे । मेयर विष्टले कोरोना महामारी रोक्नका लागि सबै निकायसंग समनवय गरे अघि बढ्ने बताए ।

ताजा समाचार