Wednesday, August 10, 2022
गृहपृष्ठअन्यबेलडाँडी गाँउपालिका टिमद्वारा कञ्चन जाई युवा क्बललाई लगातार पाँच गोल

बेलडाँडी गाँउपालिका टिमद्वारा कञ्चन जाई युवा क्बललाई लगातार पाँच गोल

महेन्द्रनगरको खुला मञ्चमा भईरहेको युनाईटेड खुला आमन्त्रण फुटबल प्रतियोगितामा बेलडाँडी गाँउपालिकाको टिमले कञ्चनजाई क्लबलाई लगातार ० का बिरुद्ध ५ गोलले पराजित गरेको छ । बिहीबार दिउँसो बेलडाँडी गाँउपालिका र कञ्चन जाई युवा क्बलविचको प्रतियोगितामा बेलडाँडी गाँउपालिकाले लगातार पाँच गोल हानेको थियो ।

 

ईन्टीबलमा एक गोल हानेको बेलडाँडी गाँउपालिकाले ईन्टरबलपछि चार गोल हानेर क्वाटर फाईनलमा प्रवेस गरेको छ । बेलडाँडी गाँउपालिका फुटबल टिमले अब एमसिडिसी धरमपुरसंग क्वाटर फाईनल प्रवेस गर्ने छ ।

 

बेलडाँडीका लागि टिम क्याप्टेन विकास सिह महताले टिमले निकै मेहनत गरेको थियो । भने किपरले उत्कृष्ठ प्रर्दशन गरेका थिए । बेलडाँडी गाँउपालिका फुटबल टिमका कोच चेत बहादुर शाहले टिमको उत्कृष्ठ प्रर्दशन, खेलाडीको मेहनत अनुशासनका कारण लगातार पाँच गोल हानेर क्वाटर फाईनलमा प्रवेस गरेको बताए ।

 

प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा चार समुहमा चार÷चार टिम रहि नकाउट आधारमा खेल खेलाईने छन् । प्रतियोगिता माघ २१ गते सम्म संचालन हुने च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार रहेको छ। भने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले जनाएको छ ।

ताजा समाचार