Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीआरक्षपीडितलाई राहत दिन बेलौरीका मेयर चौधरी आफै पीडित बस्तीमा

आरक्षपीडितलाई राहत दिन बेलौरीका मेयर चौधरी आफै पीडित बस्तीमा

जंगली हात्तीको बथानबाट बिल्लीबार बनाईएका कञ्चनपुरका आरक्षपीडिलाई राहत दिन बेलौरी नगरका मेयर पोतिलाल चौधरी आफ्नै पीडित बस्तीमा पुगेका छन । आरक्षपीडित बस्तीमा बेलौरी नगरपालिका ९ क्षेत्रबाट विस्थापित भएका पीडितको बिल्लबिार भएको खबर पाएपछि मेयर चौधरी मंगलबार राहत लिएर आरक्षपीडित बस्तीमा पुगेका थिए । हात्तीबाट घर भत्काएका १० पीडित परिवारलाई बेलौरी नगरका प्रमुख चौधरीले त्रिपाल, कम्बल र खाजा वितरण गरेका छन । मेयर चौधरीले बेलौरी नगरका तर्फबाट प्रति परिवार त्रिपाल, कम्बल र चाउचाउ वितरण गरेका हुन ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले बस्तीमा हात्तीले विचल्ली बनाएका बेला स्थानीय सरकारबाट चासो व्यक्त भएर राहत उपलब्ध गराईएको बताए । ‘अहिले सक्दो राहत उपलब्ध गराएका छौँ, ‘बेलौरी नगरका मेयर चौधरीले भने, ‘नगरपालिका तर्फबाट क्षतिपूर्ति दिलाउँछौँ ।’ आरक्षपीडितको पूर्नस्थापनाका लागि विभिन्न सरकारी निकायमा पहल गर्ने आवश्वासन दिनुभयो । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका पालामा ०५८ सालमा संकटकालको मौका छोपी विस्थापित गराएका आरक्षपीडितको अझैपनि पुर्नस्थापना भएको छैन ।

विस्थापित आरक्षपीडितको पूर्नस्थापना नहुँदा उनीहरुले विभिन्न सावजजिक जमिन, नदीखोला नाला एव जंगल क्षेत्रमा बसेका छन । देउवा त्यसयता तीन पटक प्रधानमन्त्री भईसके तर उनलाई आरक्षपीडितको पुर्नस्थापनका लागि कुनै मतलब नै छैन । विस्तापित भएदेखि यता तीन पटक निर्वाचन पनि भईसक्यो, अब चौथो पटकको निर्वाचनको तयारी पनि छ, तर पीडितको समस्या भने ज्यूँका त्यूँ छ । पीडितका नाममा कयैन आयोग बनिसक्दा पनि पीडितको समस्या भने उस्तै रहेको छ ।

ताजा समाचार