Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी पुगेका कांग्रेस युवा नेता महरले भने : संसद बिउतिय पनि ठिक,...

बेलडाँडी पुगेका कांग्रेस युवा नेता महरले भने : संसद बिउतिय पनि ठिक, चुनाव भएनी कांग्रेस तयार

बेलडाँडी,

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने दाउ खोज्दै हिडेका नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर अाज सोमबार बेलडाँडी पुगेर कार्यकर्ता भेटघाटको क्रममा संसद बिउतिए पनि ठिक छ, चुनाव भए नि कांग्रेस तयार रहेको बताए ।

संसार भरिका कम्युनिस्टहरू जनताको पक्षमा नभएको बताउदै नेपाली कांग्रेस सधैंभरि जनताको पक्षमा रहेको र नयाँ जनादेशमा जानू परे पनि कांग्रेस पछि नहट्ने बताए ।

यश क्षेत्रको समग्र बिकासमा ध्यान दिदै महरले भने नेपाली कांग्रेस निकटका शिक्षक पत्रकार लगायत शुभ चिन्तकहरूलाई कांग्रेसले सक्दो संरक्षण गर्ने जनाउनु भयो । सामान्य भेटघाटका लागि बेलडाँडी पुगेका महरलाई वडा नं ३ कि महिला सदस्य तारा गिरीले दोसल्ला हालेर स्वागत गरेका थिए ।

ताजा समाचार