Saturday, December 3, 2022
गृहपृष्ठमुख्य समाचारआरक्षपीडित बस्तीमा हात्ती आतङ्क, दर्जनौँ टहरा भत्काईदियो, पीडितको विचल्ली

आरक्षपीडित बस्तीमा हात्ती आतङ्क, दर्जनौँ टहरा भत्काईदियो, पीडितको विचल्ली

विकास सिह महता/कञ्चनपुर
सरकारले समेत पीडा नबुझिदिएको आरक्षपीडित बस्तीमा जंगल जनावर हात्तीको बथानले समेत आतङ्क मच्चाएको छ । विस्थापित भएको दुई दशकवितिसक्दा पनि पूर्नस्थापनाको पर्खामा रहेका पीडितको बस्तीमा गयराती जंगली हात्तीको बथानले आतङ्क मच्चाएको छ ।
लालझाडी वन क्षेत्रबाट आएको हात्तीको बथानले रतन भारती, पदम भारती, शिवराज भारती, जग खत्री लगायतका दर्जनौँ पीडित बस्ने टहरा भत्काईदिएको छ । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले गयराती बस्तीमा पसेको हात्तीको बथानले पीडित बस्तीमा आतङ्क मच्चाएको बताए । उनका अनुसार हात्तीले टहरा भत्काउनुका साथै धनजन खाद्यान्न समेत नष्ट गरिदिएको छ । ‘सरकारबाट हामी पीडित त थियौँ नै, ‘अध्यक्ष भण्डारीले भने, ‘जंगली जनावरबाट समेत पीडित भएका छौँ ।’
हात्तीले बस्ने टहरा नै भत्काईदिएछि पीडितको विचल्ली भएको अध्यक्ष भण्डारीले बताए । ‘बस्ने घर भत्कायो, यो शितलहरमा पीडितलाई पीडामाथि झन पीडा थपिदिएको छ, एकाघर घर भत्कायो, अर्कातिर राशन खाईदियो ।’
झण्डै दुई दशक अघि तत्तकालिन (शुक्लाफाँटा बन्यजन्तु आरक्ष) निकुञ्ज विस्तारका क्रममा विस्थापित गराईएका नागरिकको अझै पुर्नस्थापना गरिएको छैन । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका पालामा ०५८ सालमा संकटकालको मौका छोपी विस्थापित गराएका आरक्षपीडितको अझैपनि पुर्नस्थापना भएको छैन ।
विस्थापित आरक्षपीडितको पूर्नस्थापना नहुँदा उनीहरुले विभिन्न सावजजिक जमिन, नदीखोला नाला एव जंगल क्षेत्रमा बसेका छन । देउवा त्यसयता तीन पटक प्रधानमन्त्री भईसके तर उनलाई आरक्षपीडितको पुर्नस्थापनका लागि कुनै मतलब नै छैन । विस्तापित भएदेखि यता तीन पटक निर्वाचन पनि भईसक्यो, अब चौथो पटकको निर्वाचनको तयारी पनि छ, तर पीडितको समस्या भने ज्यूँका त्यूँ छ । पीडितका नाममा कयैन आयोग बनिसक्दा पनि पीडितको समस्या भने उस्तै रहेको छ ।

ताजा समाचार