Monday, December 5, 2022
गृहपृष्ठमुख्य समाचारसिद्धनाथ क्रसर उद्योगद्वारा उदयदेव विद्यालयलाई आर्थिक सहयोग

सिद्धनाथ क्रसर उद्योगद्वारा उदयदेव विद्यालयलाई आर्थिक सहयोग

कञ्चनपुर,
कञ्चनपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले एक सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । शनिबार एक कार्यक्रमका विच बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको सिद्धनाथ अनमोल क्रसर उद्योगले स्थानीय सामुदायिक उदयदेव माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।
क्रसर उद्योगको क्षेत्रमा रहेको उक्त सामुदायिक विद्यालयको आर्थिक अवस्था कमजोर भएको सन्दर्भमा क्रसर उद्योगले समाजिक कार्यका लागि आर्थिक सहयोग गरेको सिद्धनाथ उदयदे अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले बताए । संचालक चन्दका अनुसार नगद ५ लाख रुपैया सहयोग गरिएको छ । ‘विद्यालयबाट निजी तहका शिक्षकलाई पारिश्रमिक दिन समस्या भएको रहेछ, ‘चन्दले भने, ‘हामीले त्यसका लागि सक्दो आर्थिक सहयोग गरेका हौँ ।’
क्रसर उद्योगका तर्फबाट संचालक तेज बहादुर चन्द सहित खेमानन्द अवस्थी, नारद पाण्डेय, अर्जुन बहादुर चन्द, वडाध्यक्ष राम सिह धामी सहितको उपस्थििमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह, प्रअ महेश्वर भट्टलाई हस्तान्तरण गरिएको छ । विद्यालययले क्रसर उद्योगले गरेको सहयोगबाट आर्थिक संकट टारिएको जनाएको छ ।
बेदकोट नगरपालिका ९का वडाध्यक्ष रामसिह धामीले क्रसर उद्योगले सामुदायिक विद्यालयप्रति गरेको सहयोग समाजिक कार्यभएको बताए । क्रसर उद्योगले स्थानीय सामुदायिक विद्यालयको बृद्धि विकासका लागि गरेको सहयोगको स्थानीय स्तरमा समेत प्रसंसा भईरहेको छ ।

ताजा समाचार