Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीनेकपा केपी समुह बेलडाँडीको बिस्तारित बैठक चल्दै

नेकपा केपी समुह बेलडाँडीको बिस्तारित बैठक चल्दै

बेलडाँडी,
नेकपा फुटको चरम उत्क्रसमा पुगेका बेला देशै भरी एकपक्षले अर्को पक्षको चर्को आलोचना र गुटगत भेला, गुटगत कमिटि बिस्तारको क्रम देशव्यापी रुपले चलेका बेला बेलडाँडीमा समेत यसको प्रभाव निकै परेको छ ।

आज सनिवार बेलडाँडी गाउँपालिकामा नेकपा जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य विर बहादुर थापाको प्रमुख आतिथ्यमा बिस्तारित बैठक शुरु नेकपा बेलडाँडी कार्यालय सचिव शंकर भट्टले जानकारी गराउनु भयो । वहाँका अनुसार आजको बैठकले संगठन विस्तार संगै रिक्त पदहरु पुर्तिगर्नुका साथै सांगठनिक प्रशिक्षण समेत दिइन लागेको जनाए । अहिले बैठक चलिरहेको छ बैठकले के के निर्णय गर्ने भन्ने केहि समयमा सार्वजनिक गर्ने जनाउनु भयो ।
बैठकमा केन्द्रिय सदस्यहरु, प्रदेश सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरुलगायतका अतिथिहरुको सहभागिता रहेको जनाइएको छ । 

ताजा समाचार