Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीजनमोर्चाको राँके जुलुसमा प्रहरी दमन

जनमोर्चाको राँके जुलुसमा प्रहरी दमन

कञ्चनपुर,
संसद विघटन बिरुद्ध राष्ट्रिय जनमोर्चा कञ्चनपुरको शुक्रबार महेन्द्रनगरमा बिरोध स्वरुप राँके जुलुस कार्यक्रम थियो ।
समान्य राजनीतिक बिरोध कार्यक्रममा प्रहरीले सानो पार्टी भनेर दमन मात्र नभई गाली गलैच गरेको जनमोर्चा कञ्चनपुरले जनाएको छ । संसद विघटन बिरुद्धमा देशभरी बिरोध भईरहेका बेला जनमोर्चा कञ्चनपुरले समेत कञ्चनपुरमा बिरोध कार्यक्रमम गर्दा प्रहरीबाट दमनका साथै व्यक्तिगत रुपमा गालीगलैच गरेको नेताहरुले बताएका छन ।
‘बसपार्क क्षेत्रदेखि संसद विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको असम्वैधानिक कदम बिरुद्ध हाम्रो समान्य शान्तिपूर्ण बिरोध कार्यक्रम थियो, ‘जनमोर्चा कञ्चनपुरका नेता महेश राज जोशीले भने, ‘ओली सरकारले प्रहरी लगाएर दमन गरायो, यतिमात्र नभई तुच्छ शब्द प्रयोग गरेर गाली गलैचमा प्रहरी उत्रियो ।’ जिम्मेबार प्रहरी अधिकारी वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमर माँझी नेतृत्वमा आफुहरुमाथि दमनका साथै अपशब्द प्रयोग गरेर गाली गलैच गरेको नेता महेश जोशीले बताए ।
‘राजनीतिमा समान्य बिरोध हुन्छ, यो त, संविधान नै खतरामा पार्ने हिसाबले कदम थियो, ‘जनमोर्चा नेता जोशीले भने, ‘अमर माझीले दमनका साथै तुच्छ शब्द प्रयोग गर्दै गाली लजैचमा उत्रियो ।’ माँझी नेतृत्वकै टोलीले आफु सहित जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्की, नेताहरु लाल बहादुर कुँवर, नेता गोकर्ण जोशी, अखिल छैटौँका सचिव पुष्कर भट्टमाथि कुटपिटका साथै गाली गलैच गरिएको बताए । सचिव भट्टको हात नै भाँचिदिएको बताउदै उनले यतिसम्मको दमन त ज्ञानेन्द्र शाही कालमा समेत नभएको उनले बताए । घाईते विद्यार्थी नेता पुष्कर भट्टको महाकाली अस्पतालमा उपचारपछि थप उपचारका लागि बाहिर लैजाने तयारी भईरहेको बताए ।
अन्य पार्टीले राँके जुलुस दमन नभएको बताउदै उनले जनमोर्चामाथि गैर राजनीतिक व्यवहार भएको बताए । प्रहरी दमनको बिरोधमा राष्ट्रिय जनमोर्चा कञ्चनपुर र अखिल छैठौँ जिल्ला र केन्द्रीय समितिले विज्ञप्ती जारी गरेर भत्र्सना गरेका छन । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्की, अखिल छैठौँ कञ्चनपुरका अध्यक्ष महेश भट्ट र छठौँका केन्द्रीय अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तीमा प्रहरी दमनको भत्र्सनाका साथै दोषि प्रहरीमाथि कार्बाहीको माग अघि सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनमोर्चाको राँके जुलुसमा दमन र गाली गलैच नभएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले शुक्रबार विप्लवको पुर्व घोषित कार्यक्रम अनुरुप प्रहरी सबै ठाँउमा तैनाथ भएका खबर एक्कासी जनमोर्चाबाट राँके जुलुस हुँदा प्रहरीले विप्लवकै कार्यकर्ता सोचेर तानातान भएको बताए । ‘हाम्रो उहाँहरुप्रति कुनै दमन र निषेध गर्ने कुरै भएन, ‘प्रवक्ता थापाले भने, ‘कोडिनेशन र मिन बुझाईमा समस्या भएको हो ।’

ताजा समाचार