Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस महामन्त्री कोईराला महेन्द्रनगरमा

काँग्रेस महामन्त्री कोईराला महेन्द्रनगरमा

रोशन नेपाली
नेपाली काँग्रेसका महामन्त्री डा. शशाङक कोईराला महेन्द्रनगरमा आएका छन । काँग्रेस महामन्त्री कोईराला शुक्रबार महेन्द्रनगर आएका हुन । नेपाली काँग्रेसका नेता दिवान सिह विष्टले संसद विघटनसंगै महामन्त्री कोईराला यहाँका नेता कार्यकर्तासंग छलफल एव भेटघाटका लागि जिल्ला आएको बताए । नेता विष्टका अनुसार शनिबार दिउँसो काँग्रेस पार्टी कार्यालय कञ्चनपुरमा संसद विघटन र समसामयिक राजनीतिक विषयमा नेता कार्यकर्ताहरुसंग छलफल हुने बताए ।
काँग्रेस नेता दिपेन्द्र प्रशाद बडूलाई मातृ शोक परेका बेला काँग्रेस नेताहरु समवेदना प्रकट एव भेटघाटका लागि कञ्चनपुर आएको समेत नेता विष्टले बताए । उनका अनुसार महामन्त्री कोईरालासंग अन्य काँग्रेस नेताहरु समेत आएका छन । आजै काँग्रेस केन्द्रीय सदस्य शेखर कोईराला समेत कञ्चनपुर आउने नेता विष्टले बताए । शनिबार कञ्चनपुर पुगेका नेता कोईरालाको प्रमुख आथित्यमा बेलौरीमा समसामयिक विषयमा नेता, कार्यकर्तासंग भेटघाट गरिने बताए । महामन्त्री सहितका काँग्रेस नेताहरुको स्वागतमा दिवान विष्ट धनगढी एयरपोट समेत गएका थिए ।

ताजा समाचार