Wednesday, August 10, 2022
गृहपृष्ठआर्थिकबेलडाँडीमा बाघले एकै दिन ५ बाख्रा र एक गाई खायो, स्थानीय त्रसित

बेलडाँडीमा बाघले एकै दिन ५ बाख्रा र एक गाई खायो, स्थानीय त्रसित

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. ५ झिलमिलामा हिजो एकै दिन बाघले ५ वटा बाख्रा र एक वटा गाइको बाच्छा खाएको छ ।

हिजो अवेर सम्म बन लगाएका बाख्रा घर नर्फकिए पछि स्थानीयहरुले खोजी गर्दा शुक्लाफाटा आरक्षको किनार चौधर (बामुनी) नदीको छेउमा बाख्रा आधा खाएको अवस्थामा फेला परेको झिलमिलाका स्थानीय सुरेन्द्र बहादुर खडकाले जानकारी गराउनु भयो ।

वहाँका अनुसार महाकाली सिचाइको नहर किनामा बाख्रा खोलेर चराउदै गर्दा बाख्रा बाघले लगेको बताए । हिजो देखि बाख्रा खोज्न जादा बाघले बाच्छीलाई खाइरहेको देखेको बताए । खोजी गर्दै गर्दा आज शुक्रवार दिउसो नजिकैको झयाडीमा बाख्राहरु वरपर मृत फेला परेको बताए । मिनु बहादुर चौहानका २ वटा, सुरेन्द्र बहादुर खडकाको १ वटा, छविलाल सेजवालको १ वटा, महेश्वरी सार्कीको १ वटा र परु चलाउनेको १ गाइको बाच्छी खाएको बताए ।

यसरी गाउँ नजिकैबाट एकै दिन बाघले पाच बाख्रा र एक बाच्छी खादा स्थानीय त्रसित बनेका छन् । बेलडाँडी सरकारका प्रमुख घटना स्थल पुगेर स्थानीय पिडितहरुलाई आसवासन दिएका थिए भने सबै बाख्राको प्रहरीले मुचुल्का उठाएको छ । यसरी जंगली जनावारले आतंक मचाउदा समेत बनका मान्छे कोही नआइदिएको स्थानीयको आरोप छ । 

ताजा समाचार