Thursday, August 18, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारउखु खेती प्रति किसानलाई अाक्रसित बनाउन लालझाडीमा अभिमुखीकरण

उखु खेती प्रति किसानलाई अाक्रसित बनाउन लालझाडीमा अभिमुखीकरण

लालझाडी,
जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकाका किसानहरूलाइ उखु खेती प्रती अाक्रसित गर्नका लागि अभिमुखिकरण गराईएको छ ।

सबै भन्दा उखु खेती फस्टाउने खेती भएकोले मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम मार्फत जोड दिईएको समन्वय समितिका अध्यक्ष नरेश रानाले जानकारी गराउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि मदन सेन बडायकका अनुसार ७० बिघा नदिले कटानी गरेको मलिलो जग्गा उपयोगमा ल्याउने गृहकार्य भईरहेको बताउदै, किसानहरूले जंगली जनावर हात्तीका कारण भोग्नु परेको समस्या लाई समाधानको लागि दिर्घकालिन उपायको बारेमा पालिका गम्भीर भएको बताए । छाडा चाैपायाका कारण किसानले गरेको खेती नष्ट पार्ने समस्या केही हद सम्म समाधान गरेको जनाउदै किसानहरूको जीवन माथी उकास्नको लागि गाउँपालिका लाग्ने बताउनु भयो ।
ज्ञान केन्द्रका प्रमुख दिल बहादुर बिष्टका अनुसार सरकारले कृषिमा पहिले कुनै प्रकारको उपलब्धि नभएकोले नयाँ मुख्यमन्त्री नमुना कृषि कार्यक्रम ल्याएको बताए । उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि यो कार्यक्रम लागू भएको बताउनु भयो ।

समन्वय समितिका अध्यक्ष नरेश रानाका अनुसार गत बर्ष किसानहरूलाई कृषि यन्त्र उपलब्ध गराएको जानकारी गराउदै यो बर्ष पनि उपकरण वितरण, उखु प्रदर्शनी लगायत धेरै किसानको पक्षमा कार्यक्रम रहेको बताउनु भयो । यो कार्यक्रम १,२ र ३ न मा लागू भएको जनाए ।

लालझाडी गाउँपालिकाका प्रमुख मदनसेन बडायकको प्रमुख अातिथ्यतामा, कृषि ज्ञानकेन्द्रका प्रमुख दिल बहादुर बिष्ट, लालझाडी गापाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिह रावल, ज्ञान केन्द्रका हरिहर जोशी, महाकाली सुगर मिलका उखु प्रबन्धक रामेश्वर लगगायत किसानहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार