विकास महता/कञ्चनपुर

नेपाल बाल संगठन बालमन्दिर कञ्चनपुरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् ।
अाज सोमबार संगठनको साधारण सभाले नयाँ कार्य समिति चयन गरेको समितिका नव सदस्य कमल रोकायाले जानकारी गराउनु भयो । उहाँका अनुसार संगठनको सदस्यहरुमा दिर्घराज भट्ट, उमेश पाण्डेय, नवराज जोशी, कमल रोकाया, प्रशान्त भट्ट, नितेश रावल र लोकेश पाललाई चयन गरेको जनाउनु भयो ।
महिला बालबालिका तथा सामाजिक विकास समितिकी सभापति निरु पालको प्रमुख अातिथ्यमा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका अध्यक्ष बिर बहादुर थापा (पातल) नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरी प्रसाद भट्ट र कैलाली नेपाल बाल संगठनका सभापति चुडामणि भट्ट लगायतको उपस्थिती रहेको थियो ।