बेलौरी,
बेलौरी नगर पालिका वडा नं. १० सडक घाटमा भारतीय पक्षले केहिदिन पहिला देखि अनावश्यक रुपमा गरेको बिवाद दुबै तर्फका सुरक्षाकर्मीको रोहवर समस्या समाधान गर्ने सहमती भएको छ । सिमा क्षेत्रका किसानले आफुले लगाएको बाली केहि दिन यता देखि भित्र्याउन नपाउदा सिमा विवाद भएको थियो । उक्त विवाद समाधान गर्नका लागि दुबैपक्षका सुरक्षाकर्मीहरुको रहोबरमा बिहान ८ बजे देखि साझ ५ बजे सम्म उखु लगायत को बाली ढुवानी गर्ने गरि सहमती भएको छ ।

किसानको नाममा दललहरुले भारतीय उखु नेपाल आउन थालेको भन्दै सिमा क्षेत्रमा भारतीय पक्षका सुरक्षाकर्मीले सिमाका किसानलाई अनावश्यक दुःख दिदै आएका थिए ।
सिमा क्षेत्रका किसानले आफुले लगाएको बाली समयमा भित्र्याउन नपाएपछि सिमा विबाद सुरु भएको थियो ।