Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा माघी मिलन कार्यक्रम

बेलडाँडीमा माघी मिलन कार्यक्रम

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. ३ ले माघी मिलन कार्यक्रम शुक्रवार भब्यताका साथ सम्पन्न गरेको छ । माघी मिलन कार्यक्रम समतिका संयोजक रामशरण चौधरीको संयोजकत्वमा बैवाहको जनप्रीय आधारभूत विद्यालयमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको संयोजक चौधरीले बताए ।
उहाँका अनुसार बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदानका साथै विभिन्न खेल, प्रतियोगिताहरु आयोजना गरी मनाएको जनाए ।
थारु समुदायले परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको उत्सवको रुपमा पनि माघी मनाउन थालेका छन् ।
घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई थारु समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन, मेला, महोत्सव र माघी मिलन सहमारोह आयोजना गरी मनाउन थालेका हुन् । तर यो बर्ष भने कोरोना कहरका कारण कार्यक्रममा काम चासो भएको देखिएको छ ।

यसरी मनाइन्छ माघी
पुस मसान्तसँगै थारु गाउँहरुमा भव्यताका साथ माघी पर्व शुरु भएको छ । गाउँ–गाउँमा पुषको अन्तिम सुंगुर काटेपछि थारु समुदायमा माघी शुरु औपचारिक रुपमा शुरु हुन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् ।

पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरुको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रुपमा मनाइन्छ ।
पुस मसान्तमा बंगुरको मासु खाने र माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रहीआएको छ । यत्ति गरिसकेपछि मान्यजनहरुसंग आशिर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका जानकारहरु बताउँछन् ।
थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै विताउने गरेको छ । दिउँसभरि आर्शिवाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ ।
माघ महिनासंगै नयाँ आर्थिक वर्ष शुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समिक्षासंगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी÷चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ । माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ ।
पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहीआएको छ । गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको संयोजक चौधरी बताउछन् ।
थारुहरुको घरभित्र भने छोराछोरीको विहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ । विगतमा थारु समुदायमा रहेको कमैया÷कमलरी राख्ने कुप्रथा पूर्ण रुपमा हटेको छ । भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्युनिकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यि विषयमा छलफल हुन छाडेको बताउँछन् ।

थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यि सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरु काममा फर्किने गरेका छन् । काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसंग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।

ताजा समाचार