Friday, September 30, 2022
गृहपृष्ठमुख्य समाचारस्वर्गीय अध्यक्ष रोकायाको सालिक अनावर्रण

स्वर्गीय अध्यक्ष रोकायाको सालिक अनावर्रण

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको किसान मध्यवर्ती सामुदायिक बनका संस्थापक अध्यक्ष स्वर्गीय मिने रोकायाको सालिक अनावर्रण कार्यक्रम शुक्रवार सम्पन्न गरिएको छ ।
किसान मध्यवर्ती सामुदायिक बनको पहिलो अध्यक्षका रुपमा रहेका रहेका रोकायाले बनको लागि गरेको योगदानको कदर गर्दै वहाँको सालिक अनावर्रण गरेको बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष शिवराज अधिकारीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार स्वर्गीय अध्यक्ष रोकायाकी धर्मपन्ती देउसरा रोकाया, बनकै सदस्य स्वर्गीय कबी रोकायाकी धर्मपन्ती रिना देवी रोकायलाई सम्मान गर्नुका साथै बनको पक्षमा योगदान पुर्याउनु हुने समुायका अन्य नागरिकहरुलाई समेत सम्मान गरेको बताए ।
अनावर्रण कार्यक्रमका प्रमुख अतिथि धनबहादुर थापा, विशिष्ट अतिथि उपाध्यक्ष कमला देवी कार्की, वडाध्क्ष, सामुदायिक बनका अध्यक्ष देव बहादुर खडकाको सभापतित्वमा उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

ताजा समाचार