Tuesday, September 27, 2022
गृहपृष्ठआर्थिकसिद्दबैजनाथ बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय उदघाटन

सिद्दबैजनाथ बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय उदघाटन

बेलडाँडी,
सिद्दबैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलडाँडीको कार्यालय उदघाटन गरिएको छ । अाइतवार एक कार्यक्रमका विच उदघाटन गरिएको संस्थाले जनाएको छ ।
धेरै समय देखि कारणबस सञ्चालनमा अाउन नसकेको संस्थालाई बेलडाँडीका अगुवा युवाहरूले पुनर्जीवित गर्दै संचालनमा ल्याएका हुन ।

समारोहमा बोल्दै प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भने “सहकारी मार्फत यहाँका नागरिकलाई थेरै राहत हुने बताउदै समन्वयका साथ अघि बढ्ने बताउनु भयो” ।

केही दिन पहिला विशेष साधारण सभाले क्षितिज भट्टको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश माली, सचिवमा सचिन कठायत, कोषाध्यक्षमा चित्र राज जोशी सहित सदस्यहरु सर्वसम्मतीबाट चयन गरिएका थिए ।

वि.सं. २०६३ सालमा स्थापना भएको सिद्दबैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलडाँडीकै पुरानो सहकारी संस्था भएपनि लामो समयदेखि बन्द रहेको थियो । बेलडाँडीका सकृय युवाहरूको पहलमा पुनः सञ्चालनमा ल्याइएको हो । यश सहकारी संस्थाले सहुलियत कर्जा, स्थिर जम्मा (फिक्स डिपोजिट), दैनिक बचत संगै विभिन्न निकायसंग समन्वय गरी छोटो अवधिका विभिन्न कार्यक्रम समेत आयोजना गर्ने लक्ष्य राखेको छ ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको प्रमुख अातिथ्य, बिशिष्ट अतिथि उपाध्यक्ष कमला देबी कार्की, वडा नं २ का अध्यक्ष प्रेमराज खाती, राैलेश्वर क्याम्पसका अध्यक्ष ईश्वरी प्रसाद भट्ट, बेलडाँडीका सचेत अगुवा युवा एकेन्द्र शाह लगायत व्यापारी, बुद्धिजीवीहरूको उपस्थितिमा कार्यालय उदघाटन गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिब सचिन कठायतले गर्नु भएको थियो ।

 

ताजा समाचार