Sunday, September 25, 2022
गृहपृष्ठदैनिक गतिविधीकांग्रेसको ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न

कांग्रेसको ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न

बेलडाँडी,

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन सनिवार गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत लोकतान्त्रिक प्रणालीमा संसदीय मुल्य, मान्यताको हकदार काँग्रेसले संसद विघटन बिरुद्ध शनिबार एकसाथ ७ सय ५३ पालिकामा बिरोध गरेको हो ।

प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलन गर्दै आएको छ । पहिलो चरणमा प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गरेको कांग्रेसले पुस २५ गते दोस्रो चरण अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गरेको थियो । भने आज स्थानीय तहहरुमा प्रदर्शन गरेको हो । माघ ८ गते ६ हजार ७ सय ४३ वडामै विरोध प्रदर्शन गर्ने पनि कांग्रेसले यसअघि नै घोषणा गरिसकेको छ ।

आन्दोलनमा जाने वा नजाने भन्ने दोधारमा रहेको कांग्रेसले प्रदर्शनका केही कार्यक्रमहरु घोषणा बमोजिम अघि बढेको छ ।

काँग्रेसले कञ्चनपुरमा समेत सबै पालिकामा बिरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले प्रधानमन्त्री ओलीको गैर लोकतान्त्रिक एव असम्वैधानिक कदम संविधानमा नभएको व्यवस्था बिरुद्ध काँग्रेस लोकतन्त्र जगाउनका लागि आन्दोनलमा उत्रिएको बताए । उनका अनुसार जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका, बेलौरी, बेलडाँडी, पुनर्वास, कृष्णपुर, बेदकोट, शुक्लाफाँटा सहित दोधाराचाँदनी नगरपालिकामा एकसाथ बिरोध सभा गरिएको बताए ।

‘सबै पालिकामा बिरोध सभा गरेका छौँ , लालझाडीमा यस अघि भईसकेको छ, ‘नेता गुरुङ्गले भने, ‘सो क्षेत्र थारु बहुल्यता हो त्यहाँ माघी मिलन कार्यक्रम भएकारले काँग्रेसले थारु समुदायको लोक संस्कृति उल्लाहका बेला अवरोध गरेनौँ ।’
भीमदत्त नगरका नगर सभापति पदम राज अवस्थीले संसद बिघटन बिरुद्धमा ¥याली निकालेर बजार परिक्रमा गर्दै मदन चोकमा पुगेर कोण सभा गरेर असम्वैधानिक कदम बिरुद्धमा प्रदशन गरिएको बताए ।
उनका अनुसार कोण सभालाई काँग्रेस केन्द्य्रीय सदस्य अमरेश कुमार सिह लगायतका नेताहरुले सम्बोधन गर्दै ओलीले शक्तिको बलमा संविधान कुल्चिएको बताएका छन ।

नेवि संघ कञ्चनपुरका युवा नेता एव काँग्रेस क्षेत्र नम्बर २का नेता पवन कुमार नेपालीले बेदकोटको सिसैया, शुक्लाफाँटाको कलुवापुर र कृष्णपुरको गुलरिया पार्टी कार्यालयमा जम्मा भई तीनै स्थानबाट ¥याली सहित बेदकोट सुडा चोक, शुक्लाफाँटाको झलारी र कृष्णपुरको गुलरियामा कोण सभा गरिएको बताए ।
काँग्रेस क्षेत्र नम्बर २का युवा नेता दिल बहादुर देउवाले कम्यूनिष्ट सरकारमा लाज समेत हराएको बताए । ‘नक्कली राष्ट्रवादको चरित्र देखियो, ‘उनले भने, ‘प्रधानमन्त्रीको अन्र्तरवार्ता लिए आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीका पत्रकारले सरमाथामा गरेको हर्कतबाट ओलीको नक्कली राष्ट्रवाद उदाङगियो ।’

नक्कली राष्ट्रवादकै उपज भारतीय पक्षबाट एकलौटी दार्चुलामा बाँध, दोधाराचाँदनीमा युवा माथि गोली प्रहार र बेलौरीमा सीमा विवाद चुलिएको बताए । काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीले बेलडाँडीदेखि ¥याली निकालेर चवन्नी बजारमा समापन गरिएको बताए । बिरोध सभामा काँग्रेसका नेता नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । काँग्रेस कञ्चनपुरका नेताहरुले ओलीको नक्कली राष्ट्रवादको उदाहरण थुप्रै रहेकाले सीमा क्षेत्रमा पटक पटक हस्तक्षेप र सगरमाथासम्म भारतीय दाविले घाम जस्तै छर्लङ देखिएको दावि गरिरहेका छन ।

ताजा समाचार