Tuesday, August 16, 2022
गृहपृष्ठमुख्य समाचारकाँग्रेसले शनिबार कञ्चनपुरका पालिका सहित देशभरका पालिकामा संसद विघटन बिरुद्ध प्रर्दशन गर्दै

काँग्रेसले शनिबार कञ्चनपुरका पालिका सहित देशभरका पालिकामा संसद विघटन बिरुद्ध प्रर्दशन गर्दै

खडक रावल,
संसद विघटन बिरुद्धमा नेपाली काँग्रेसले कञ्चनपुरका सबै पालिका र देशभरीका पालिकामा एकसाथ शनिबार बिरोध प्रर्दशन गर्दै छ । लोकतान्त्रिक प्रणालीमा ससदीय मुल्य, मान्यताको हकदार काँग्रेसले संसद विघटन बिरुद्ध शनिबार एकसाथ ७ सय ५३ पालिकामा बिरोध गर्ने कार्यक्रम अन्र्तरगत कञ्चनपुरमा समेत सबै पालिकामा बिरोध हुने काँग्रेस नेताहरुले बताएका छन । नेपाली काँग्रेस नेता गोपाल गुरुङ्गले प्रधानमन्त्री ओलीको गैर लोकतान्त्रिक एव असम्वैधानिक कदम संविधानमा नभएको व्यवस्था बिरुद्ध काँग्रेस लोकतन्त्र जगाउनका लागि आन्दोनलमा उत्रिएको बताए ।
उनका अनुसार जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका, बेलौरी, बेलडाँडी, पुनर्वास, कृष्णपुर, बेदकोट, शुक्लाफाँटा सहित दोधाराचाँदनी नगरपालिकामा एकसाथ बिरोध सभा हुने बताए । ‘सबै पालिकामा बिरोध सभा हुन्छ, लालझाडीमा यस अघि भईसकेको छ, ‘नेता गुरुङ्गले भने, ‘सो क्षेत्र थारु बहुल्यता हो त्यहाँ माघी मिलन कार्यक्रम भएकारले काँग्रेसले थारु समुदायको लोक संस्कृति उल्लाहका बेला अवरोध गर्दैछन ।’ भीमदत्त नगरका नगर सभापति पदम राज अवस्थीले बिहान ११बजेतिर पार्टी कार्यालयमा जम्मा भई ¥याली निकालेर बजार परिक्रमा गर्दै मदन चोकमा पुगेर कोण सभा गरिने बताए । उनका अनुसार कोण सभालाई काँग्रेस केन्द्य्रीय सदस्य अमरेश कुमार सिह लगायतका नेताहरुले सम्बोधन गर्ने बताए । नेवि संघ कञ्चनपुरका युवा नेता एव काँग्रेस क्षेत्र नम्बर २का नेता पवन कुमार नेपालीले बेदकोटको सिसैय, शुक्लाफाँटाको कलुवापुर र कृष्णपुरको गुलरिया पार्टी कार्यालयमा जम्मा भई तीनै स्थानबाट ¥याली सहित बेदकोट सुडा चोक, शुक्लाफाँटाको झलारी र कृष्णपुरको गुलरियामा कोण सभा गरिने बताए । काँग्रेस क्षेत्र नम्बर २का युवा नेता दिल बहादुर देउवाले कम्यूनिष्ट सरकारमा लाज समेत हराएको बताए । ‘नक्कली राष्ट्रवादको चरित्र देखियो, ‘उनले भने, ‘प्रधानमन्त्रीको अन्र्तरवार्ता लिए आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीका पत्रकार गोदीका पत्रकारले सरमाथामा गरेको हर्कतबाट ओलीको नक्कली राष्ट्रवाद उदाङगियो ।’ नक्कली राष्ट्रवादकै उपज भारतीय पक्षबाट एकलौटी दार्चुलामा बाँध, दोधाराचाँदनीमा युवा माथि गोली प्रहार र बेलौरीमा सीमा विवाद चुलिएको बताए । काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीले बेलडाँडीदेखि ¥याली निकालेर चवन्नी बजारमा समापन गरिने बताए । काँग्रेस कञ्चनपुरका नेताहरुले ओलीको नक्कली राष्ट्रवादको उदाहरण थुप्रै रहेकाले सीमा क्षेत्रमा पटक पटक हस्तक्षेप र सगरमाथासम् मभारतीय दाविले घाम जस्तै छर्लङ देखिएको दावि गरिरहेका छन ।

ताजा समाचार