Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीलागु औषधसहित ३ जना पक्राउ

लागु औषधसहित ३ जना पक्राउ

धनगढी,

कञ्चनपुर प्रहरीले लागु औषधसहित ३ जनालाइ पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा १४ ग्राम ४ सय २० मिलीग्राम लागु औषध खैरो हिरोईनसहित  भीमदत्त नगरपालिका-१८ बस्ने २५ वर्षीय नरेश दमाइलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बैतडीको दशरथ चन्द नगरपालिका-४ घर भएका दमाइलाइ पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए।

यस्तै खैरो हिरोईन जस्तो पदार्थ ३ ग्राम २ सय ४० मिली ग्राम सहित थप २ जनालाइ पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। लालपुर क्षेत्रबाट उनीहरूपक्राउ गरिएको जनाईएको छ ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका -९ बस्ने बर्ष ३० वर्षीय भिमबहादुर बिष्ट र २७ वर्षीय हिक्मत बिष्ट रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

ताजा समाचार