Monday, December 5, 2022
गृहपृष्ठराष्ट्रिय समाचारकञ्चनपुरकी नर्स मृत अवस्थामा फेला

कञ्चनपुरकी नर्स मृत अवस्थामा फेला

कञ्चनपुर,

 कञ्चनपुर घर भएकी नर्स मृत अवस्थामा फेला परेकी छिन्।

चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत २४ वर्षीय लक्ष्मी जोशी कृष्णनगर–५ स्थित आफ्नै डेरामा  सोमबार झुण्डिएको अवस्थामा फेला परेकी हुन।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अस्पतालकी नर्सिङ इन्चार्ज कविता पन्थीका अनुसार नर्स जोशी २ दिनअघिसम्म ड्युटीमा गएकी थिइन।

नर्स जोशी विगत डेढ वर्षदेखि अंकोलोजी युनिटमा कार्यरत थिइन।  उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भगतपुर हो।

क्यान्सर अस्पतालले नर्स जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ।

ताजा समाचार