Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीभीमदत्त नगरका मेयर विष्ट चुनावी प्रतिबद्धता पुरा गर्दै : खल्लामछेट्टी झिलिमिली

भीमदत्त नगरका मेयर विष्ट चुनावी प्रतिबद्धता पुरा गर्दै : खल्लामछेट्टी झिलिमिली

डिल्लीराज पन्त

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले चार बर्ष अघि ०७४ स्थानीय तहको निर्वाचनमा उत्तरी चुरेको दुर्गम बस्ती खल्लामछेट्टीको सम्बृद्धिका लागि विकासका पूर्वाधार पु¥याउने प्रतिबद्धता जाहेर गरेका थिए । त्यही प्रतिबद्धता अनुरुप मेयर विष्टले प्रदेश, संघसंग समन्वय गरेर आज दुर्गम बस्तीलाई सुगममा परिणत गरेका छन । सडकदेखि विद्युतीकरण गरेर अध्यारो, संकटग्रस्थ खल्लामछेट्टी बस्ती विद्युतीकरणले झिलमिली भएको छ । महाकाली नदीपारी भारतको उचौली गोठ बस्ती विद्युतिकरणले झिलिमिलि थिए, तर वारी नेपालको बस्ती खल्लामछेट्टी अध्यारोमय थियो ।आज कुलस राजनीतिक नेतृत्वका कारण जनता उज्यालो मात्र नभई विकासको आभास गरिरहेका छन ।

भीमदत्त नगरपालिका –९ खल्लामछेटीमा पहिलो पटक विद्युत सेवा सुचारु भएको छ । नेपाल विद्युत प्राधिकरण र भीमदत्त नगरको साझेदारीमा शुक्रबारदेखि विद्युत सेवा शुचारु ग्रिएको छ । वस्ती बसेको दुई दशक वितिसक्दा दुर्गम वस्तीका रुपमा चिनिने स् क्षेत्रमा सडक र विद्युत तथा सञ्चार स्वास्थ्य लगायत आधारभुत सुविधा वाट बन्चित रहेका वासिन्दा विद्युत सेवा सुचारु भएपछि निकै हर्षित भएका छन । विकट ठाउमा रहदै आएका सो क्षेत्रका वासिन्दाले आधारभुत आवस्यकता वाट बन्चीत रहदै र विद्युत नहुदा अध्यारामै वस्नुपरेको र कुटानी पिसानी तथा सिंचाई र खाने पानीको समेत समस्या वेहोर्दे आएका स्थानिय हरु विद्युत सेवा सुचारु भएपछि निकै हर्षित देखिएका छन । वारी भारतको उचौलिगोठमा झिलिमिली हुन्थे, तर नेपालमा अध्यारोमै बस्न बाध्य भएका स्थानीयले समेत उज्यालोमा बस्न पाएका छन ।

स्थानीय प्रंकास बहादुर पालले गत वर्ष मात्रै भीमदत्त गरपालिकाको पहलमा विद्युत लाईन विस्तार गरिएको बताए । उनका अनुसार नेपाल दुरसञ्चारले टावर निर्माण कार्य पुरा गरेको थियो तर विद्युत सेवा सुचारु भएको थिएन । घर घरमा विजुली वल्दा विद्यार्थीलाई समेत सहज भएको छ । खानेपानीका लागी समेत समस्या झेल्दै आएका सो क्षेत्रका वासिन्दा विगतमा महाकाली नदिको पानी खान वाध्य हुदै आएका स्थानिय विद्युत सेवा सुचारु भएपछि खाने पानी को समस्या बाट मुक्त भएका छन । विद्युत सेवा सुचारु भए संगै मोटर वाट सिंचाईको व्यव्स्था गर्न सकिने र यहाका वासिन्दाले खेलिवाली वाट समेत थप लाभ पाउने भन्दै अव कृषकहरुले व्यवसायिक तरकारी वाली तिर समेत आकर्षित भई आर्थिक स्तर बृद्धि गर्न टेवापुग्ने स्थानीयले बताएका छन । स्थानीय मिरा कोलीले सुगम नगरपालिकाको दुर्गम क्षेत्रका रुपमा रहेको सो क्षेत्रलाई अझै पनी विकासको खाचो रहेको बताईन ।

भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथले दुर्गम क्षेत्रलाई सुगम वनाउन वडाकार्यालयले थप विकासका योजना ल्याउने र विद्युत सुचारु भएपछि विद्युत सृवा नहुदा संचालनमा आउन नसकेका टेलिफोन टावर समेत सुचारु भई यस दुर्गम वस्तिका वासिन्दाहरु छिट्टै संचार संग समेत जोडिने बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उज्यालो नेपाल उज्यालो भीमदत्तको नारा लिएको नगरपालिकाले वाचा वमोजिम यस क्षेत्रमा गत वर्ष विद्युत लाईन विस्तारको पहल गरेको र नगरपालिकाकै साझेदारी र सहकार्यमा विद्युत सेवा सुचारु गर्नेकाम पुरा गरेको भन्दै छिट्टै जग्गाको आधिकारीक मालिक वनाउने कार्यका लागी नगरले ठोस कदम चालि सकेकाके र भुमि समस्या सम्वन्धि आयोग मार्फत यस क्षेका वासिन्दाको समस्या समाधान गर्ने भिमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले वताउनुभएको छ ।

ढिलै भएपनी भिमदत्तनगर पालिकाको ठोस निति र पहलकदमीका कारण जिल्लाकै दुर्गम बस्तीका रुपमा रहेको खल्ला –मछेटी क्षेत्रमा वाटो घाटो, यातायात , विद्युत, संचार , र स्वास्थ्य क्षत्रेको पहुच मा आउनु नगरपालिकाको उदाहरणिय काम का रुपमा लिईएको छ भने नगरलाई सवल र सक्षम वनाउन नगरपालिका संगै अन्य सरोकारवाला निकायले समेत समेत हातेमालो गर्न जरुरी देखिन्छ । मेयर सुरेन्द्र विष्ट सहित प्रदेश सभा सदस्य प्रकास रावल, प्रतिनिधी सभा सदस्य डा दिपक प्रकास भट्टले चुनावमा बस्तीको विकास गर्ने प्रतिबद्धता जाहेर गरेको स्थानीयले बताएका छन । ३ सय १० घर धुरी रहेको खल्ला –मच्छेटी क्षेत्रमा ४० घरधुरी परिवार दलित समुदायका रहेका छन । न्युन आय स्तर रहेका यस क्षेत्रका आधिकांस वासिन्दाहरु ज्याला मजदुरीमै निर्भर रहदै आएका छन ।

ताजा समाचार