Tuesday, August 16, 2022
गृहपृष्ठसमाचारजिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको किताव बुझाए

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको किताव बुझाए

कञ्चनपुर,
नेकपा कम्युनिष्ट प्रचण्ड माधव समुहकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधान अध्ययन गर्नका लागि किताव पाठएका छन् ।
संविधानमा नभएकको काम प्रधानमन्त्री केपी शर्माओलीले गरेको भन्दै संविधान अध्ययन गर्न कञ्चनपुर युवा नेताहरुले किताव पठाएको नेकपा युवा नेता किशोर भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार असंम्वैधानिक कदमा विरुद्धमा आफुहरुको निरन्तर खवदारी रहेको जनाउदै आज किताव बुझाउने कार्यक्रम समेत रहेको बताए ।

यस्तै प्रधानमन्त्रीको विरोधमा सबै स्थानीय तह देखि कोलो झण्डा सहिति जिल्ला प्रशासन कार्यालय आएको युवा संघका नेता सुचित्र शाहले जानकारी दिनु भयो । वहाँका अनुसार प्रधानमन्त्री ओलीले चालेको कदको विरुद्धमा युवाहरुले प्रत्येक पालिकामा र्याली निकालेको बताए । प्रचण्ड माधव पक्षकाले शुरुका दिन देखिनै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । ओलीले विभिन्न प्रलोभन देखाउदै अझ धेरैलाई फसाउने भन्दै सबैले समयमै सचेत भएको राम्रो भएको बताए ।

 

ताजा समाचार