Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वासमा प्रचण्ड माधब समुहको भेला तथा कार्यकर्ता प्रशिक्षण समपन्न

पुनर्वासमा प्रचण्ड माधब समुहको भेला तथा कार्यकर्ता प्रशिक्षण समपन्न

पुनर्वास,
कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल(प्रचण्ड), बरिष्ठ नेता माधव कुमार नेपाल समहुको भेला तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएकोछ ।

बिहिवार पुनर्वासमा नेकपा पुनर्वासको आयोजनामा प्रचण्ड नेपाल समुहको भेला सम्पन्न भएको हो । भेलामा प्रचण्ड नेपाल समुहका स्थानीय, जिल्ला, प्रदेश एव केन्द्रीय नेता कार्यकर्ताहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कदम असम्वैधानिक गैर लोकतान्त्रिक भएकाले जनताको अपमान भएको बताएका थिए ।

नेताहरुले जनताले नेकपालाई दिएको जनमतको कदर नभएको भन्दै प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार दुरुपयोग गरेर देशलाई संकटमा पारेको दावि गर्दै अाफ्ना कार्यकर्तालाई प्रशिक्षण गरेका छन् । प्रचण्ड नेपाल पक्षीय नेताहरुले आफ्नो तर्फ बहुमत नेकपाका नेता कार्यकर्ता रहेको समेत दावि गरेका छन् । संसद पुर्नस्थापनाका लागि असम्वैधानिक कदम बिरुद्ध आन्दोलनको विकल्प नभएको भन्दै नेताहरुले आन्दोलनमा होमिन आब्हान गर्दै प्रशिक्षण दिएका हुन ।

नेकपा पुनर्वास नगर कमिटिका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बिना मगर, नेकपा नेता उर्वादत्त पन्त, प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, कुलबिर चौधरी, नगर प्रमुख जिबन थापा, नेता रक्तबिज,माइकल,वडा अध्यक्षहरू लगायतका नेता कार्यकर्ता सहभागि भएका थिए । प्रधानमन्त्री ओलीको कदमप्रति प्रचण्ड नेपाल पक्षले जनतामाथि घात भन्दै जनताले नेकपालाई दिएको जनमत र विश्वासप्रति घात भएको राष्ट्रघाती कदम भएको भन्दै नेताहरुले जनविश्वासका लागि संसद पुर्नस्थापनको विकल्प नभएको बताएका थिए ।

ताजा समाचार