Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी क्षेत्रकै पहिलो केन्द्रिय सदस्य बेलडाँडी आउदै

बेलडाँडी क्षेत्रकै पहिलो केन्द्रिय सदस्य बेलडाँडी आउदै

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले पहिलो पटक केन्द्रिय सदस्य पाएको छ । बेलडाँडीका विकास प्रेमी युवा नेता रोशन खडका बेलडाँडी क्षेत्रबाटै पहिलो केन्द्रिय सदस्य बन्ने बनेपछि बेलडाँडी आउन लागेका हुन् ।

केन्द्रिय सदस्यमा मनोनित भएका खडका आज बुधवार साथीभाइ र शुभचिन्तकहरुलाई भेट्न बेलडाँडी आउने कार्यक्रम रहेको छ । बेलडाँडी क्षेत्रबाट आजका मिति सम्म कुनैपनि पाटीबाट केन्द्रिय सदस्य भएका थिएनन् । बरु तत्कालिन नेकपा माओवादी केन्द्रबाट केन्द्रिय महाधिवेश अयोजक समिति सदस्यमा मोहन गिरी र भुवन एसके रहेका थिए ।


सधैभरी बेलडाँडीलाई विभेदपुर्ण तरिकाले हेर्ने राजनितिक परिपाटीको अन्त्य गर्दै खडका केन्द्रिय सदस्य बनेका हुन । सानै उमेर देखि बेलडाँडी क्षेत्र बिकासमा ठुलो योगदान पुर्याएका खडका उर्जामन्त्रालयमा यसअघी उर्जामन्त्रीको प्रेस संयोजक वनेका थिए । पेशाले पत्रकार रहेका खड्का नेपालको सुरक्षा र कुटनितीक क्षेत्रमा कलम चलाउंछन । उनी भन्छन् बेलडाँडी क्षेत्र विकासको लागि आफु जे गर्न पनि पछि नहट्ने बताउछन् । बेलडाँडी लगायत सुदूरपश्चिमका विभिन्न ठाउँ जाने कार्यक्रम समेत रहेको वहाँले बताउनुभयो । समृद्ध नेपाल, समृद्ध सुदूरपश्चि र समृद्ध बेलडाँडी बनाउने वहाँको अभियान समेत रहेको छ । 

ताजा समाचार