Tuesday, August 16, 2022
गृहपृष्ठमुख्य समाचारनेकपा बेलडाँडी गाउँकमिटि इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष,सचिव लगायतका ७९ जना मध्ये ६९ जना...

नेकपा बेलडाँडी गाउँकमिटि इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष,सचिव लगायतका ७९ जना मध्ये ६९ जना माधव-प्रचण्ड पक्षमै

बेलडाँडी,
नेकपा बेलडाँडी गाउँकमिटिको मंगलवार बसेको गाउँकमिटिको तयारी बैठकले आफ्ना गाउँकमिटिमा रहेका ७९ जना सदस्य मध्ये १० जना मात्र बाहिर रहेको जनाएको छ ।
नेपका बेलडाँडीका गाउँकमिटिका अध्यक्ष लक्ष्मण भाटका अनुसार प्रधानमन्त्री केपी शर्माओलीले चालेको असंवैधानिक कदमका विरुद्ध बेलडाँडी गाउँकमिटि एक ढिक्का भएर अगाढी बढेको जानकारी गराउनु भयो । सन्कीका भरमा संसद विगठन गरेको भन्दै यस्ता नेतालाई कुनै पनि हालातमा सहयोग नगरिने जनाउनु भयो । पछिल्लो समयमा अवसर,पद, प्रलोभनका आधारमा कार्यकर्ताहरुलाई हावागफ दिदै भ्रम फैलाउन लागेको जनाउदै यस्ताका पछाडी बेलडाँडी गाउँकमिटि नलाग्ने जनाउनु भयो ।

बेलडाँडी गाउँपालिका बाट नेकपा जिल्ला कमिटि सदस्य ६ जना रहेको र छ जना मध्ये १ जना मात्र केपीपक्षमा गएको बेलडाँडीका इन्चार्ज अक्कल बहादुर बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार केपी पक्षका साथीहरुले भ्रम छर्दै गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटि सदस्य धन बहादुर थापाक्षेत्रीलाई केहि व्याक्तिहरुले भ्रम पार्दै केपी पक्षमा लगेको बताउदै केहि दिनमै वहाँ आफ्नै पक्षमा फर्कने बताउनु भयो ।

यस्तै राष्ट्रिय युवा संघ बेलडाँडीका संयोजक नरेन्द्र बिष्ट सह संयोजक दिपक खडका लगायत बेलडाँडी बाट ५ जना जिल्ला कमिटि सदस्यमध्ये ४ जना प्रचण्ड-माधव पक्षमै रहेको संयोजक बिष्टले बताउनु भयो । युवाको पुरै टिम असंवैधानिक कदमा बिरुद्धमा रहेको स्पष्ट पार्नु भयो ।


प्रधानमन्त्री ओलीले चालेको कदम सामान्य नागरिकले समेत जानेको बताउदै हामी कोही कार्यकर्ता अव यस्तो भ्रमका पछाडी नलाग्ने नलाग्न हुन सबैमा आवहान गर्दै सबै कार्यकर्तालाई भोली दिउसो २ बजे बेलडाँडी गाउँपालिका वडा नं.३ को बलिदान चर्चमा प्रशिक्षण कार्यक्रम आयोजना गरिन लागेको समेत जानकारी गराउनु भयो । प्रशिक्षण कार्यक्रमलाई पुर्व खानेपानी मन्त्री विनामगर, क्षेत्र नं.१ क का संदस तथा सुदूरपश्चि संसदीयदलका प्रमुद सचेतक तारालामा तामाङ, ख का कुलविर चौधरी लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ ।

यो पनि पढौं

हिजो सोमवार बेलडाँडीको बैवाहमा भएको केपी पक्षको कार्यकर्ता भेलामा विभिन्न भ्रम फैलाउदै भेलामा सहभागि गराएको खुल्लासा भएको छ । जनप्रतिनिधीहरुले अनिर्वाय उक्त भेलामा जानुपर्ने भन्दै झुक्याएर बोलाएको एक जना जनप्रतिनिधीले बताए । वहाँका अनुसार ४ नं. वका अध्यक्ष लगायत कुनैपनी सदस्य सो गुटमा सहभागि नभएको समेत वहाँले बताउनु भयो । उनले भने सबैले जानुपर्छ पाटीको बैठक हो नआउनेलाई कारवाही समेत गर्ने जस्ता कुरा गरेकाले आफु त्यहाँ पुगेको बताए । यस्तै १ नं.का वडाध्यक्षले भने यति बेला यो त्यो भन्दा पनि सत्यको पक्षमा उभिन सबैलाई आग्रह गर्नु भयो । प्र.म. केपी ओलीले चालेको कदम आम नेपालीको पक्षमा नभएको भन्दै यस्तालाई आँखा बुझेर सहयोग नगरिने समेत बताउनु भयो ।

ताजा समाचार