Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलौरीमा प्रचण्ड माधव पक्षको कार्यकर्ता भेला जारी

बेलौरीमा प्रचण्ड माधव पक्षको कार्यकर्ता भेला जारी

बेलौरी,
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा नेकपा कम्युनिष्ट पाटी प्रचण्ड मावध पक्ष बृहत कार्यकर्ता भेला चलैकै छ । अहिले बेलौरी नगरपालिकाको उद्योग बाणिज्य संघको सभाहलमा पुर्व खानेपानी मन्त्री विना मगर लगायतका नेता कार्यकर्ताहरु भेला तथा प्रशिक्षण चलको प्रचण्ड माधव पक्षका युवा कट्टर नेता झलक शाहले जानकारी दिनु भयो । वहाँका अनुसार प्रधानमन्त्री केपी शर्माओलीले चालेको असंवैधानिक कदमका विषयमा कार्यकर्तालाई स्पष्ट पार्न भेला भएको जनाए ।

केपी पक्षकाले पदको लालच देखाउदै आफ्नो पक्षलाई बलियो पार्न विभिन्न प्रलोभन देखाउदै भ्रमको खेती गर्नलागेको आरोप लगायए । पछिल्लो समयमा कसैलाई जागिर लगाइदिने कसैलाई मन्त्री, कसैलाई केन्द्रिय सदस्य बनाइदिने भन्दै कार्यकर्तालाई भड्काउन लागेको बताए । देश उसै कोरोना कहरले डामिएका बेला प्रधानमन्त्री ओलीले देशलाई बर्वाद पार्न खोजको सबै कार्यकर्ता जनताले बुझुपर्ने बताए ।
अहिले भेला जारी रहेको जनाइएको छ ।

ताजा समाचार